मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
सामाजिक कार्य र मित्रसँग समय बिताउनु हुनेछ। पैसा खर्च हुन सक्ला। वृद्द्को तर्फबाट लाभ मिल्नेछ। आकस्मिक धन लाभले मानसिक प्रसन्नता बढ्नेछ। टाढा बस्ने आफन्तबाट शुभ समाचार मिल्नेछ।
वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
पेसामा पदोन्नतिको समाचार मिल्नेछ। उच्च पदाधिकारीको संयोग प्राप्त हुनेछ। घरायसी जीवन सुख-शान्तिपूर्ण रहनेछ। नयाँ कामको आयोजन हातमा लिनुहुनेछ। दाम्पत्यजीवनमा मधुरता रहनेछ। धन र मान- सम्मान प्राप्ति हुनेछ। तपाईको लागि अनुकुल दिन छ ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
स्वास्थ्य खराब हुन सक्छ। जसकारण कुनै पनि निर्णय लिन उत्साह रहनेछैन। पेसा-धन्दाको ठाउँमा साथी कर्मचारी र उच्च पदाधिकारीको व्यवहार सहयोगपूर्ण नहुँदा मानसिक निराशा उत्पन्न हुनेछ। सन्तानको सम्बन्धमा समस्या आउनेछ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
तपाईको दिनमा नकरात्मक व्यवहार हावी हुनेछ। अधिक क्रोधित रहनुहुन्छ। स्वास्थ्यको सम्बन्धमा गुनासो रहनेछ। अनैतिक कामवृत्ति र चोरी जस्ता विचारमा ध्यान दिनुहोला। आर्थिक समस्या रहनेछ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
तपाईको दिन मनोरंजन तथा घुमफिरमा समय बिताउनु हुन्छ। सांसारिक मामिलाको विषयमा व्यवहार उदासिन रहनेछ। जीवनसाथीको स्वास्थ्य खराब होला। विपरीत लिङ्गीय व्यक्तिसँग भेट हुनेछ।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
परिवारमा आनन्द एवम उत्साहको वातावरण रहनाले मन प्रसन्न रहनेछ। बिरामी व्यक्तिको स्वास्थ्यमा सुधार आउनेछ। कार्यमा सफलता र यश मिल्नेछ। अफिसमा सहकर्मीको सहयोग प्राप्त हुनेछ। माइती पक्षबाट लाभ मिल्नेछ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
आफ्नो कल्पनाशक्ति र सिर्जनशक्तिको काम लाग्नेछ। बौद्धिक प्रवृत्ति वा चर्चामा भाग लिनुहुनेछ। सन्तानको तर्फबाट शुभ समाचार मिल्नेछ। स्त्री मित्रको तर्फबाट लाभ मिल्नेछ। प्रिय व्यक्तिसँग भेट सुखद रहनेछ। शारीरिक- मानसिक ताजगी अनुभव होला।
वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
तपाईले दिन शान्तिमा बिताउनुहुनेछ। शारीरिक स्वास्थ्य बिग्रिनेछ। मानसिक रूपले स्वस्थ रहन सक्नुहुन्न। आमाको स्वास्थ्यको सम्बन्धमा चिन्ता रहनेछ। पारिवारिक सदस्यसँग झगडा हुँदा मन दु :खी हुनेछ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
रहस्यवाद र आध्यात्मिकताको रङ चढनेछ। नयाँ कार्य गर्ने प्रेरणा मिल्नेछ। स्वास्थ्य राम्रो रहला र मन प्रसन्न रहनेछ। छोटो यात्रा होला। मित्र र आफन्तसँग भेट सुखद रहनेछ। भाग्यको साथ रहनेछ।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
नबोल्नुमा नै धेरै राम्रो रहनेछ। पारिवारिक सदस्यसँग मनमुटाव नहोस यस कुराको ध्यान राख्नुहोला। विधार्थीको पढाईमा परिश्रम गर्न पर्नेछ। विचारलाई काबू राख्नुहोला। स्वास्थ्य मध्यम रहला। दाहिने आँखामा समस्या होला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
शारीरिक, मानसिक र आर्थिक प्रत्येक दृष्टिले दिन राम्रो साबित हुनेछ। परिवारसँग सुरुचिपूर्ण भोजनको आनन्द लिनुहुनेछ। मित्रसँग घुमफिरको आयोजन हुनेछ। दाम्पत्यजीवनको मधुरता रहनेछ। तपाईको दिन खुशीमा बित्नेछ।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
कमै समयमा लाभ लिने लालच छोड्नुहोला। मनमा एकाग्र कम रहनेछ। शारीरिक स्वास्थ्य खराब होला। पैसाको लेनदेनको लागि समय अनुकुल छैन। धार्मिक कार्य पैसा खर्च होला। सन्तानको समस्या रहनेछ।



