पछिल्लो समय नेपाली मोडलिङ क्षेत्रमा प्रवेश गर्ने धेरै नयाँ मोडलहरु आफ्नो करियर बनाउन यसक्षेत्रमा लागेका धेरै भेटिन्छन । तर करियरको लागि यसक्षेत्रमा प्रवेश गर्नेको संख्या दिनानुदिन बढ्दै गएपनि यसक्षेत्रमा भविष्य छैन भन्दै मोडलिङ् क्षेत्रको सपना पनि देख्न छाडिसकेका छन् धेरैले । तर यति बेला मोडलिङ क्षेत्र छोड्नेको संख्या भन्दा पनि भित्रिनेको संख्या बढ्दै गएको छ । यस्तै भिडकी एकजना मोडल यस क्षेत्रमा करियर खोज्दै भित्रिएकी छन् । ती मोडल हुन् ‘दिक्ष्या श्रेष्ठ ।

तपाई रियल लाइफमा कत्तीको बोल्ड हुनुहुन्छ ?
ठिकै हो ।

यो क्षेत्रमा कत्तिको चुनौती छ ?
धेरै छ ।

तपाईंको पढाई / शिक्षा ?
+२ पास अहिले सम्म ।

एउटा असल कलाकारमा हुनु पर्ने गुण ?
सबै कुरामा प्रफेक्ट हुनु पर्छ ।

कस्ता कस्ता अवसर आए अहिले सम्म ?
आउन त सबै प्रकार को अफर आए ।

तपाइको लक्ष्य ?
मोडल र कलाकारिता नै मेरो प्रमुख लक्ष्य हो ।

प्रेममा विश्वास छ या छैन ?
छ ।

अब कसरी अगाडि बढ्ने सोच छ ?
स्ट्रगल गर्दै जान्छु, जति नै बीच बाटोमा अफ्ठेरो आए पनि पछी हट्ने छैन, आफुले सक्ने जति सके सम्म गर्छु ।

के प्रेममा पर्छु भनेर पर्ने र पर्दिन भनेर नपर्ने कुरा हो र ?
हैन ।

शारीरिक बासनाले प्रेम खोज्छ कि प्रेमले शारीरिक बासना खोज्छ ?
प्रेमले शारीरिक बासना खोज्छ ।
तपाइलाई लाग्छ, तपाई आफ्ना शारीरिक, मानसिक र आकर्षित चाहनालाई रोक्न सक्नुहुन्छ, के यो संभव छ ?
छैन ।

साथी बन्ने प्रस्ताव कतिको आउँछ ?
आउँछ ।
के चढ्नु हुन्छ ? गाडी, स्कुटी वा सार्वजानिक सवारी ?
सार्वजानिक सवारी ।

तपाई कतै बजारमा जाँदा सबैभन्दा मनपर्ने लुगा तपाईको कुन हुन्छ ?
हाल्फ़ पेन्ट र टि- सर्ट ।

अन्ततः तपाईलाई १० बर्षपछि कहाँ कस्तो अवस्थामा देख्न पाइने छ ?
राम्रो कलाकार भएर एउटा आश्रम खोलेर सेवा गर्दै गरेको हुनेछु ।

 

 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय