बिष्णुप्रसाद पोखरेल
दमक /झापाको दकममा रहेका भूमिहिन तथा सुकुम्बासीको समस्या सामधानका लागि ठोस कार्य गर्ने दमक नगरपालिकामा जन निर्वाचित जनप्रतिनिधिहरुको पहिलो बैठकले नै नीतिगत निर्णय गरेको छ ।

आउदो बैठकले कार्यबिधि सहित दमकको भूमि समस्या सामधानका लागि आयोग गठन गरिने नीतिगत निर्णय भएको नगरप्रमुख रोमनाथ ओलीले बताए । उनले दमकको सबै सरकारी जग्गा ब्यवस्थापन सहितको काम आयोगले गर्नेछ ।

भूमिहिन सुकुम्बासीहरुको समस्या सामधानका लागि पहिलो बैठकले नै पहल शुरु गरेको हो । प्रत्येक निर्वाचनको समयमा सुकुम्बासी समस्या सामधानको आश्वसन आएपनि सामधान भने कहिल्यै हुन सकेको थिएन ।

एक महिनाभित्रमा भूमि ब्यवस्थापन आयोग गठन गरि भूउपयोग निति कार्यन्वयन गर्ने र भूमिहीनहरुलाई जग्गाधनी प्रमाण पूर्जा वितरण गर्ने निर्णय भएको ओलीले बताएकाछन् ।

यहाँका सकुम्बासीहरुलाइ सधै भोट बैकको रुपमा मात्र प्रयोग गरिदै आएको भन्ने गुनासो रहदै आएको छ । सुकम्बासी समस्या सामधानका लागि भने आश्वसन बाहेक केहि भएको थिएन ।

यसैबीच अहिलेसम्म दमकमा कति सुकम्बासी तथा भूमिहिन छन् भने याकिन बिवरण समेत तयार पारिएको छैन । सुकुम्बासी तथा भूमिहिनहरुको बिवरण कहि पनि भेटिदैन ।

त्यतिमात्र होइन सरकारी जग्गाहरु कहाँ कति र कस्तो अवस्थामाछन् भन्ने समेत बिवरण छैन । यो सबै बिवरणहरु पनि उक्त आयोगले तयार पार्ने जनाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah