प्रमुख प्रतिपक्ष दल नेकपा एमाले का नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीले न्यायालयमा देखिएको समस्या समाधान गर्न सरकार जिम्मेवार नभएको आरोप लगाएका छन्।

नेता रायमाझीले न्यायालयमा देखिएको समस्याको दोष प्रधानन्यायाधीश चोलेन्द्रशमसेर जबरालाई मात्रै लगाएर अन्य न्यायाधीशहरूलाई चोख्याउने पक्षमा आफ्नो पार्टी नरहेको पनि स्पष्ट पारे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

शनिबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै उनले प्रधानन्यायाधीश जबराले गल्ती गर्नु भएको छैन भनेर भन्न नमिल्ने उल्लेख गर्दै त्यो गल्तीको जिम्मेवारी अन्य न्यायाधीशहरूले पनि लिनुपर्ने तर्क गरे।

उनले भने, ‘जे गलत निर्णयहरू न्यायालयबाट भयो। त्यसमा सबै न्यायमूर्तिहरूको सहमति थियो नि। जस(जसले सो गल्ती निर्णय गरेका थिए, ती सबैले कारबाही भोग्नु पर्‍यो नि। सरकारले महाअभियोग लगाउने हो भने लगाउनु पर्‍यो। सरकारको जिम्मेवारी हो नि। दोष एउटा व्यक्तिमाथि थोपर्ने अनि पन्छिन मिल्दैन।ु

नेता रायमाझीले एमसिसी संसदबाट पारित गर्नेरनगर्ने भन्ने कुरा सरकारले प्रस्ताव ल्याएपछि मात्रै आफ्नो पार्टीको धारणा आउने अडान दोहोर्‍याए। उनले सरकारले विकास र समृद्धिको बारेमा चासो समेत नदिएको भन्दै आपत्ति जनाए।