नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा आज आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर परेको छ ।

नेपाल बन्दको कारण उपत्यकामा बिहानैदेखि यातायात देखि व्यापार व्यवसाय ठप्प छन् । मजदुरी गर्ने श्रमिकहरुलाई नेपालबन्दले मर्कामा पारेको भन्दै बन्द नगर्न बन्द विरोध भइरहेको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विवेकशील साझा पार्टीले आज माइतीघरमा नेपाल बन्दको विरोधमा प्रदर्शन गरेका छन् । विवेकशीलले नेपाल खुल्ला छ भन्ने सन्देश दिने खालको व्यानर बोकेर माइतीघरमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले व्यवसायीको व्यवसाय गर्ने अधिकार बञ्चित नगर, नेपाल खुल्ला छ, गरि खान देउ, नेपाल बन्द सधैँका लागि बन्द गरौं, श्रमजीवीको श्रम गर्ने अधिकार बञ्चित नगर, बन्दले देश बन्दैन लगायतका व्यानर बोकेर प्रर्दशन उत्रिएका थिए ।