नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अदालतलाई लडाइँको थलो बनाउन नहुने बताएका छन्। नेपालगञ्जमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

(जालझेल षडयन्त्र गरेर अहिले सरकारमा कस्ता मानिस छन्, देख्नुभएको छ,) उनले भने, (सबैभन्दा ठूलो पार्टीको प्रधानमन्त्रीलाई अदालतको परमादेशबाट हटाउने काम भयो। अदालतको मर्यादा बढोस् भन्ने चाहन्छौं। अदालतले आफ्नो गरिमा कायम राखोस भन्ने हो, लडाइँको थलो बनेको छ, त्यो नहोस्।)

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जनताको मुद्दा रोकेर न्यायाधीशहरुले पारिश्रमिक लिएको उनले आरोप लगाए। (अहिले भइरहेको स्थिति दुस्खद् छ। यस्तो प्रकृतिको स्थितिको अन्त्य गर्न लाग्नुपर्छ,) उनले भने।

ओलीले एमाले विचारमा स्पष्ट रहेको दाबी गरे। एकताबद्ध भइ मजबुत एमाले बनाएर अघि बढ्न उनले पार्टीका नेतारकार्यकर्तालाई निर्देशनसमेत दिए।