कोरोना महामारीका कारण बन्द रहेको काठमाडौं–बैंकक हवाई उडान पुनः सुरु हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले र नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासफबीच बिहीबार मन्त्रालयमा भएको भेटका क्रममा राजदूतले केही दिनभित्र काठमाडौं–बैंकक नियमित हवाई उडान हुने बताएका हुन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मन्त्री आलेले राजदूत भोरासफलाई लुम्बिनी क्षेत्रमा थाइल्यान्ड सरकारले गरेको सहयोगप्रति धन्यवाद दिँदै लुम्बिनीमा रहेको मेटरनेटी हस्पिटलका लागि सहयोग गर्न आग्रह गरे । उनले नेपाली नागरिकलाई थाइल्यान्डको भिसाका लागि सहजीकरण गर्न तथा नेपाली नागरिकहरू उपचारका लागि बैंकक जाँदा सहुलियत पूर्ण उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरे ।

राजदूत भोरासफले लुम्बिनीको वृद्धि विकासका लागि आफ्नो तर्फबाट अधिकतम प्रयास गर्ने बताएको मन्त्रालयले जनाएको छ ।