दमक/झापाको दमकमा नेपाली काँग्रेसको लज्जाश्पद हार भएपछि अन्तरघात गर्नेहरुलाइ कार्वाही शुरु गरेको छ । कार्वाहीको पहिलो लिस्टमा नै घनेन्द्रराज योङ्या परेकाछन् ।
उनलाइ मंगलवार सबेको नेपाली काँग्रेस नगर समितिले साधरण सदस्य समेत नरहने गरि कार्वाहीका लागि उपल्लो निकायमा सिफारीस गरेको पाईएको छ । योङ्या महासमिति सदस्य हुन् ।

उनलाइ नगरप्रमुख, उपप्रमुख लगायत वडाध्यक्षहरुलाइ हराउन महत्वपूर्ण भूमिका खेलेको आरोप लगाईएको छ । उनि राप्रपा नेपालबाट काँग्रेसमा प्रवेस गरेर महाअधिबेसन प्रतिनिधि राम्रो मत ल्याएर निर्वाचित भएका थिए ।
उनि पनि नगरप्रमुखको आँकाक्षि रहेकोमा अन्तयमा काँग्रेस क्षेत्रिय सभापति ढुण्डिराज भण्डारीलाई टिकट प्रदान गरिएको थियो ।
नगर समितिको बैठकले एकहप्ताभित्र वाडमा पराजित हुनुको कारण र यसमा कसैले अन्र्तघात गरेको भए त्यसको बिवरण सहित पठाउन निर्देशन गरिएको पाईएको छ ।
सवाल नेपाललाइ प्राप्त भएको बिवरण अनुसार अब नगर समितिले अन्र्तघात गर्नेहरु सबैलाइ कार्वाही गर्ने तयारी शुरु गरेको छ ।



