बेलडाँगी/झापाको भूटानी शरणार्थी शिविर बेलडाँगीमा आज रुखले किचेर दुईवटा घर भत्किनुका साथै एक जना बृद्धाको मृत्यु भएको छ ।

भूटानी शरणार्थी शिविर वेलडाँगी ३ को सेक्टर इ.१ हट नम्बर ४९ मा बसोबास गर्दै आएका ७६ बर्षीय जयबहादुर राईको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विहान करिव ११ बजेर १५ मिनेटको समयमा घरमा बसिरहेको अवस्थामा घर नजिकै रहेको साँखु प्रजातिको ठूलो रुख घर माथिबाट ढलेर किची मृत्यु भएको शसस्त्र प्रहरी निरीक्षक तथा शसस्त्र प्रहरी सुरक्षा वेश वेलडाँगी २/३ का प्रमुख टेकबहादुर कटुवालले बताउनु भयो ।

रुख ढल्न साथ शसस्त्र प्रहरीको टोली पुगेर खनेर राईलाई निकालिएको भए पनि उनको घटना स्थलमै मृत्यु भएको बताइएको छ ।डिकेश लामाको फेसबुकबाट