२७ असार– सन् २००८ को विश्वव्यापी वित्तीय संकटको सामना पूरै विश्वले एक साथ गरेको थियो । तर त्यसबाट छुटकरा पाउने रफ्तारमा तमाम देशको छुट्टा–छुट्टै छ ।
केही देश यस्ता पनि छन्, जसको आर्थिक बृद्धिदर हैरान गर्ने खालको छ । यीनमा केही देश एशियाका छन् भने केही अफ्रिकाका पनि छन् ।
विश्व बैंकको अनुमानका हिसाबले साल २०१७ मा यी देशको जीडीपी ६.९ प्रतिशतदेखि लिएर ८.३ प्रतिशतको बीचमा रहने छ ।
जबकि विश्व आर्थिक फाेरमको एक विश्वव्यापाी अध्ययनले संकलन गरेको आंकडामा विश्वभर औसत आर्थिक बृद्धिदर २.७ प्रतिशत मात्रै हुने अनुमान गरिएको छ । यस्तै ल्याटिन अमेरिका र क्यारेबियन देशको औसत आर्थिक बृदिदर ०.८ प्रतिशत हुने छ ।
इथियोपिया
विश्वबैंकले जारी गरेको तथ्याङ्क अनुसार यस वर्ष अफ्रिकी देश इथियोपिया सबैभन्दा बढी ८.३ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने छ ।
यस वर्ष इथियोपियाको सेवा क्षेत्र र कृषि क्षेत्रमा तीब्र विकास हुने अनुमान गरिएको छ । यद्यपि विश्व बैंकले चेतावनी छ कि इथियोपियाको सार्वजनिक ऋण १० प्रतिशतसम्म बढ्न सक्छ ।
उज्बेकिस्तान
मध्य एशियाको यो एक मात्रै देश हो, जो उच्च आर्थिक बृद्धि गर्ने १० देशको सूचीमा परेको छ । विश्व बैंकका अनुसार साल २०१७ मा उज्बेकिस्तानको आर्थिक वृद्धि दर ७.६ प्रतिशत रहने छ ।
यस वर्ष उज्बेकिस्तानमा उद्योग, कृषि र सार्वजनिक सेवा क्षेत्रमा विकास हुने प्रक्षेपण गरिएको छ । उज्बेकिस्तान विश्वको सबैभन्दा बढी कपास उत्पादन गर्ने देशमध्ये सातौं नम्बरमा पर्छ । यसको अलावा उज्बेकिस्तान सुन र प्राकृतिक ग्यास निर्यात गर्ने प्रमुख देशमा पनि पर्छ ।
नेपाल
१२ वैशाख २०७२ (सन् २०१५) मा गएको भूकम्प पछि नेपालको आर्थिक स्थिति एकदमै नाजुक रह्यो । त्यसपछिको भारतीय नाकाबन्दीले सन् २०१६ मा नेपालको आर्थिक बृद्धिदर ०.४ प्रतिशतमा झरेको थियो । तर सन् २०१७ मा नेपालको आर्थिक बृद्धिदर ७.५ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण छ ।
सन् २०१७ मा उच्च आर्थिक बृद्धि हासिल गर्ने दक्षिण एशीयाली मुलुकमा नेपाल १ नम्बरमा छ । सन् २०१७ मा विकास निर्माण, भूकम्पपछिको पुननिर्माण लगायतले नेपालको आर्थिक बृद्धिदर ७.५ प्रतिशत पुग्ने छ ।
भारत
तीब्र आर्थिक बृद्धि हासिल गरिरहेको भारत सन् २०१७ मा उच्च आर्थिक बृद्धिदर भएका मुलुकको चौथो स्थानमा छ ।
विश्व बैंकको अनुमानका अनुसार साल २०१७ मा भारतको आर्थिक बृद्धिदर ७.२ प्रतिशत रहने छ । अनुकुल मौसमका कारण यस वर्ष भारतमा कृषिजन्य उत्पादनमा बृद्धि हुने अनुमान गरिएका ेछ ।
भारतपछि उच्च आर्थिक बृद्धिदर हुने देशको सूचीमा तान्जेनिया, जिबूती, लाओस, कम्बोडिया, फिलिपिन्स र बर्मा क्रमश, छन् ।
रोचक कुरा त के छ भने साल २०१७ मा उच्च आर्थिक बृद्धि हासिल गर्ने मूख्य १० देशको सूचीमा चीनको नाम छैन ।
अमेरिका पछि विश्वको सबैभन्दा ठूलो अर्थव्यवस्था भएको चीनले सन् २०१७ मा ६.५ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्ने विश्व बैंकको अनुमान छ । बीबीसी



