दमक/नेपाली कांग्रेसको आज सोमबार हुने क्षेत्रीय अधिवेशनमा झापाको क्षेत्र नं ५ अन्तर्गतका दुई दर्जन बढी नेताहरु केन्द्रिय महाधिवेशनका लागि चुनावी प्रतिस्पर्धामा छन । ति मध्ये केही दोश्रो पुस्ताका युवा नेताहरुको चर्चा कांग्रेस महाधिवेशनमा विशेष किसिमबाट भइरहेको छ । यस्तै पात्र मध्येका एक हुन झापाका युवा नेता हुकुमसिंह राई ।
२०४६ सालमा नेविसंघबाट राजनीतिक यात्रा प्रारम्भ गरेका झापा कमलका स्थानीय युवा नेता राई २०७४ सालको स्थानीय चुनावमा गाउँपालिकाको अध्यक्षमा बराबर मत पाएर गोलाप्रथाका कारण बाहिरिएका नेता हुन । चुनावी परिणामपछि उनको चर्चा चुलिएको थियो ।
कम्युनिष्टहरुले लालकिल्ला दाबी गरेको एमाले अध्यक्ष केपी ओलीको पकड भएको मानिने झापाको निर्वाचन क्षेत्र नं ५ अन्तर्गतको कमल गाउँपालिकाको अध्यक्षमा एमालेकी प्रतिस्पर्धी मेनुका काफलेसंग बराबर मतको जनादेश प्राप्त गर्न सफल राई पार्टी भित्र स्पष्ट स्वभावका निष्ठावान र सशक्त कार्यकर्ता मानिन्छन । उनी झापा क्षेत्र नं ५ बाट चुनिनु पर्ने खुल्ला तर्फका १० संघीय महाधिवेशन प्रतिनिधिका उम्मेदवार हुन ।
एक ताका नेपाली कांग्रेसको महाधिवेशनमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधिका रुपमा सहभागी भएर पार्टीको केन्द्र सम्म चर्चामा आएका थिए । स्थानीय निर्वाचनपछिका चार बर्ष आफू कांग्रेसको पार्टी संगठन निर्माणका अतिरिक्त सामाजिक सेवाका कामहरुमा पनि आफूलाई सक्रिय बनाइराखेका राई विभिन्न प्राकृतिक विपत्तीमा गरीब, दुखि र असहायहरुको सहारा बनेर उभिएका छन । राई जस्ता जन अनुमोदित र नयाँ पुस्ताका युवा नेताहरुलाई स्थापित गराएर पार्टी नेतृत्वमा आमुल परिवर्तन र रुपान्तरण गराउने पर्ने आवाज चर्को रुपमा उठिरहेको छ ।










