राप्रपाको तर्फबाट इटहरी उपमहानगरपालिकाका मेयर उम्मेदवार रोहित कार्कीले पार्टी परित्याग गरेका छन् । उनले खनारमा कार्यकर्ता भेला गरेर पार्टी छाडेको घोषणा गरेका हुन् । उनले आफू अन्य कुनै पनि पार्टीमा नजाने र तटस्थ बस्ने बताएका हुन् । सोमबार नै उनले उक्त घोषणा गरेपनि मंगलबार रातीसम्म राजिनामा पत्र भने बुझाएका छैनन् । एक–दुई दिनमा पार्टीको जिल्ला कमिटिको बैठकमा उनले राजिनामा पत्र बुझाउने अनुमान गरिएको छ । यो विषयमा उनको प्रतिक्रिया लिन फोन गर्दा फोन उठेन । चुनावमा जमानत नै जफत भएपछि नैतिकताका आधारमा पार्टी छाडेको हुन सक्ने बताइएको छ । तर उनी चुनावमा पार्टीको नगर समितिले खेलेको भूमिकाप्रति पनि असन्तुष्ट थिए । उनले चुनाव प्रचारप्रसारमा आवश्यक सहयोग नपाएको गुनासो गरेका थिए । राप्रपाको राम्रो आधार इलाका मानिएको इटहरीमा कार्की मेयरमा उठेका थिए । पराजित नै भएपनि उनले सम्मानजनक मत पनि ल्याउन सकेनन् । इटहरीमा एमालेका द्वारिकलाल चौधरी २२६८९ मत ल्याएर विजयी हुँदै गर्दा कार्कीले ३७१५ मत मात्र ल्याउन सकेका थिए । अघिल्लो संविधानसभाको निर्वाचनमा राप्रपाले इटहरीमा दोस्रो ठूलो मत ल्याएको थियो । राप्रपाले यो चुनावमा १० हजार मत ल्याउने अनुमान पार्टी पंक्तिले गरेको थियो । न्यूज लय बाट
इटहरीमा राप्रपाका मेयर उम्मेदवारद्वारा पार्टी परित्याग
सवाल नेपालसंवाददाताबुधबार, २७ असार २०७४

इटहरीमा राप्रपाका मेयर उम्मेदवारद्वारा पार्टी परित्याग
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू

यो पनि पढ्नुहोस् »
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

नयाँ आर्थिक वर्ष शुरु : शिक्षा, स्वास्थ्य र बिजुलीमा पनि थप करको व्यवस्था लागू
शुक्रबार, १ साउन २०८३
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३



