नेकपा (माओवादी केन्द्र)ले आन्तरिक तथा बाह्य दुवै कारणले स्थानीय तहको निर्वाचनमा सोेचे जति परिणाम आउन नसकेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास लाजिम्पाटमा आज बसेको हेडक्वार्टर बैठकमा स्थानीय तहको निर्वाचन, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल भएको र सो सन्दर्भमा निर्वाचनको समीक्षालाई नै विशेष जोड दिइएको थियो ।

निर्वाचन प्रणाली खर्चिलो बनेको, सामान्य नेता तथा कार्यकर्ताले निर्वाचनमा सहभागी हुन सक्ने अवस्था नभएको, उम्मेदवार छनौटदेखि प्रचार प्रसारको कामसमेत प्रभावकारी बन्न नसकेको तथा पार्टीका नेता तथा कार्यकर्ता जुन रुपमा परिचालित हुनुपर्ने हो त्यसो हुन नसकेको, सरकारको नेतृत्वमा रहँदा भए गरेका कामको प्रभावकारी प्रचार प्रसार हुन नसकेको जस्ता समीक्षा आजको बैठकमा भएको थियो ।

कुल ६ वटा प्रदेशको स्थानीय तहको निर्वाचन सकिएको र २ नं प्रदेशको निर्वाचन बाँकी रहेको सन्दर्भमा पार्टी पङ्क्तिलाई थप प्रभावकारी रुपमा परिचालन गर्नुपर्नेमा नेताहरुले विशेष जोड दिएको बताइएको छ ।

पार्टी प्रवक्ता पम्फा भुसालले समग्र समीक्षा भने आगामी साउन २ गतेबाट सुरु हुने सचिवालयको विस्तारित बैठकमा नै हुने जानकारी दिनुभयो । निर्वाचनमा सोचेअनुसार सफलता हासिल नभए पनि एजेण्डाको हिसाबले माओवादी केन्द्रको नै जित भएको भन्दै समग्र समीक्षापछि पार्टी नयाँ आधारमा अगाडि बढ्ने प्रवक्ता भुसालको भनाइ छ ।

यस्तै, सङ्घ र प्रदेशको निर्वाचनमा पार्टीको सशक्त उपस्थितिका लागि प्रभावकारी रुपमा परिचालन हुनुपर्ने तथा मतदाता नामावली छुटेका सबैलाई पार्टीको स्थानीय नेतृत्व परिचालन गरेरै भए पनि नाम दर्ताका लागि परिचालन गर्नुपर्ने विषयमा समेत बैठकमा छलफल भएको थियो ।

बैठक साउन २ गतेबाट बस्ने केन्द्रीय कार्यालय र जिल्ला इञ्चार्जको विस्तारित बैठकको कार्यसूचीका बारेमा केन्द्रित रहेको बताइएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah