नेकपा एमालेका सचिव योगेश भट्टराईले दशौँ महाधिवेशनमा पनि सचिव पदमै उठ्ने बताएका छन्।

महाधिवेशन तयारीका लागि भरतपुर पुगेका उनले बुधबार पत्रकारहरुसँग कुरा गर्ने क्रममा यस्तो बताएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भट्टराईले एमालेले तोकेकै ७० वर्षे प्रावधान अनुसार पनि आफूलाई अझै १५ वर्ष रहेको पनि बताए। अहिले नै धेरै माथि चढ्न हतार छैन। एकैचोटी माथि पुगेपछि लुँडोमा जस्तै एकैचोटी तल खस्ने जोखिम पनि हुन्छु, भट्टराईले भनेका छन्।

उनले चितवनमा आउने प्रतिनिधिसँगको सल्लाहबाट थप निर्णय लिने पनि बताएका छन्।

देशभरबाट प्रतिनिधि आउने क्रम सुरु भएको छ। सबै आइसकेपछि सल्लाह गरौँ, उनले भने, लामो यात्रामा निस्किँदा कहिलेकाहीँ थकाई मार्न चौतारीमा बस्नुपर्ने हुन्छ। यो पटक चौतारीमा बस्छु, तपाईंहरुले बुझ्नु भयो होला सचिवमै उठ्ने योजनामा छु।

भट्टराई काठमाडौंमा भएको नवौँ महाधिवेशनमा अध्यक्षमा प्रत्यासी माधवकुमार नेपालको प्यानलबाट प्रतिस्पर्धा गरेर सचिवमा निर्वाचित भएका थिए।