सरोज भट्टराई
दूधे /लामो समय पछि स्थानीय निकाय सम्हाल्दै जनप्रतिनीधिले शिवसताक्षीलाई समृद्ध बनाउन रिङ्गरोडको अवधारणलाई अघि सारेका छन् । नव निर्वाचित नगर प्रमुख चन्द्रकुमार शेर्मा र उप प्रमुख भोजकुमारी नेपालले पद भार ग्रहण गरे लगत्तै पहिलो बैठकबाट नगर क्षेत्र भित्र रिङ्गरोड बनाउन निर्णय गरेको हो ।
धरमपुर, पाँचगाछी, शिवगञ्ज र सतासीधामलाई समेट्न नगरपालिकाको व्यवस्थित रिङरोडको कल्पनासहितको सडक निर्माण गर्न वैठकले निर्णय गरेको हो । रिङरोड ५० फुट चौडाईमा रहने छ भने नगरको पश्चिममा धरमपुर चौकदेखी दक्षिणमा पाँचगाछीहुदै शिवगञ्जवाट सतासीधामको माईधारसम्म जोड्ने रिङरोड निर्माण हुने नगर प्रमुख चन्द्रकुमार शेर्माले बताएका छन् ।
त्यस्तै वैठकले सामाजिक सुरक्षा अन्र्तगत अपागंता भएका जेष्ठ नागरिकहरुको जिवन यापनमा सहज वनाउँने र उनीहरुलाई स्वास्थ्य सेवामा लाभ लिन विशेष स्वास्थ्य विमासहितको परिचयपत्रको व्यवस्था गर्ने निर्णय गरेको छ ।
अपागंता भएका व्याक्तिको परिचयपत्रमा तहगत (वर्ग) अनुसार रातो कार्डले पाउँदै आएको मासिक भत्तालाई वृद्धि गर्दै सवारी साधन र स्वास्थ्य सेवामा छुटको व्यवस्था गर्ने वैठकले निर्णय गरेको हो ।
यता नगरको सवै वडाहरुमा वडा कार्यालय संचालन स्थापना गर्न समेत वैठकले निर्णय गरेको छ । सम्बन्धित वडामा रहेका सरकारी कार्यालय छ भने सोही भवनवाट कामकाज हुने गरेर काम गर्न वडाध्यक्षहरुलाई निर्देशन समेत दिइएको छ, ।
कतिपय वडाहरुमा सरकारी कार्यालय नभएकोले भाडामा प्रयोग हुने गरेर जनताका सेवामुखी कार्यसंचालन गर्न निर्णय गरिएको छ । नगर प्रमुख शेर्माका अनुसार आज वसेको वैठकको मितिले १५ दिन भित्रमा वडाध्यक्षहरुलाई वडा कार्यालय स्थापना गर्ने जिम्मेवारी दिइएको छ ।
नगरभित्र रहेका सवै खाले सरकारी कार्यालयलाई सेवामुखी, जनमुखी र प्रभावकारी वनाउन, नागरिकको समस्यालाई तत्काल सामाधान गर्न सम्बन्धित कार्यालयका प्रमुखहरुलाई आवश्यक निर्देशन दिइएको छ ।
शान्ति सुरक्षा, स्वास्थ्य संस्था, सामुदायीक विद्यालय, वन कार्यालय, खानेपानी, यातायात, सडक, पशुसेवा, र आधुनिक कृषि प्रणालीलाई जोड दिएको छ
त्यस्तै, नगरपालिकामा रहेको अत्यन्तै विपन्न समुदायका विद्यार्थीहरुलाई शिक्षामा प्रोत्साहन गर्न विशेष कार्यक्रम ल्याएको छ ।
हरेक वडावाट १०–१० जना छनौट गर्ने व्यवस्थासहित नगरको ११ वटा वडाहरुवाट १ सय १० जना, नगर प्रमुखले १० र नगर उपप्रमुखले ५ जना छनौट गरेर १२५ जना विद्यार्थीहरुलाई दुई–दुई थान विद्यालय पोशाक उपलब्ध गर्ने नगर प्रमुख शेर्माले वताए ।
वैठकमा उपप्रमुख भोजकुमारी नेपाल, नगरको कार्याकारी अधिकृत पंकज भुर्तेल, ११ वटा वडाध्यक्षहरु र नगर समिति सदस्यहरुको उपस्थिति रहेको थियो ।



