मुख्य खबर

स्यालसँग ठोक्किएको जहाजमा सामान्य क्षति : बुद्ध एयर


  काठमाडाैं   सवाल नेपाल   २०७८ मंसिर ९, १२:५३

बुद्ध एयरले स्यालसँग ठोक्किएको जहाजमा सामान्य क्षति पुगेको जनाएको छ । हिजो ९बुधबार० काठमाडौंबाट नेपालगञ्ज उडेको कल साइन ४०७ नम्बरको जहाज अवतरणको क्रममा स्यालसँग ठोक्किएको थियो ।
सोही क्रममा जहाजमा सामान्य क्षति पुगेको बुद्ध एयरले प्रष्ट पारेको छ । जहाजमा स्याल ठोक्किएर सामान्य क्षति पुगेपछि चालक दलसहित सबै यात्रुहरू सुरक्षित रहेको जनाएको छ ।

नेपालगञ्जमा रहेका यात्रुलाई लिनका लागि काठमाडौंबाट अर्को विमान पठाइएको थियो ।

नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिले पनि भएको भन्दै बुद्ध एयरले यो समस्या समाधानका लागि सरोकारवाला निकायको समेत ध्यानाकर्षण गराएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

थप समाचार