औपचारिक कार्यक्रम सकेर शीतलनिवास फर्कंने क्रममा पानीपोखरीको उकालो जापानी राजदूतावास अगाडि पुग्दा राष्ट्रपति चढेको गाडीको डिकी आफैं भ्याट्ट खुल्यो । फागुन ७ को प्रजातन्त्र दिवसमा टुंडिखेल जाँदा राष्ट्रपति चढेको लिमोजिन कारले पिकअप नलिएर राष्ट्रपतिले कार्यक्रमस्थलमा ११ मिनेट ढिलो पुग्नु पर्यो ।

हिमालय होटेलमा एउटा कार्यक्रम सकेर गाडी चढ्न लाग्दा टायर पञ्चर थियो । १९९९ मोडलको झण्डै २० वर्ष पुरानो त्यो बुलेटप्रुफ कारलाई त्यतिकै थन्क्याएर अर्काे प्रयोग गर्नु पर्यो । राष्ट्रपति चढ्ने मर्सिडिज कारको चालक बस्ने ठाउँमा रातो वत्ती बलिरहन्छ । यसको मतलव गाडीमा केही खरावी छ ।

बाहिरको आवाज गाडी भित्र प्रष्टसँग सुनिन्छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउँदा कतिसम्म लाजमर्दाे भयो भने हामीले उनलाई चढ्ने कार दिन नसकेर उतैबाट गाडी ल्याउनु पर्यो । राष्ट्रपति प्रणव मुखर्जी आउँदा पनि त्यस्तै भयो ।

हाम्रो राष्ट्रपति चढ्ने गाडी उनलाई दिएर उपराष्ट्रपति चढ्ने गाडी सापटी मागेर हिंड्नु पर्यो । तैपनि शीतलनिवासले पत्र लेखेर सरकारसँग गाडी मागेको छैन । बरु सेनाले सम्माननीयज्यूको सवारीका लागि एम्बुलेन्स, अगुवा–पछुवा लगायतको अभाव भएकोले गर्दा सुरक्षामा समेत समस्या परेको हुँदा थप बजेट माग गरेको थियो ।

तर, अहिले सामाजिक सञ्जालमा भने राष्ट्रपति कार्यालयले १६ करोड पर्ने महंगो गाडी मागेको सनसनी चलाइयो । राष्ट्रपतिको सवारी चलाउँदा एम्बुलेन्स सहितको अगुवा–पछुवा हिंड्ने कारकेड सेट हुन्छ । राष्ट्रपति स्वयं चढ्ने गाडी समेत यसरी बीच बीचमा भ्याट्ट भ्याट्ट रोकिने गरेपछि सुरक्षा निकायले सवारीका लागि चाहिने आवश्यक सेट पूरा गर्न खोजेको सुरक्षा स्रोतले वताएको छ ।

एम्बुलेन्स चालु हालतमा छैन । राष्ट्रपति चढ्ने गाडी बिग्रिएको हालतमा छ । राष्ट्रपति चढ्ने गाडी बिग्रिएपछि पोहोरसाल जनकपुर जाँदा प्रधानमन्त्री केपी ओलीले चढेको लिमोजिन गाडी माग्नु परेको थियो । राष्ट्रपतिको सवारी सुरक्षासँग सम्बन्धित यस्तो अवस्थावारे सेनाले जंगी अड्डा हुँदै रक्षालाई पत्र पठाएर राम्रो कण्डिसनमा रहेको गाडी मागेको थियो ।

राष्ट्रपतिको सुरक्षाको जिम्मा पूर्ण रुपमा सेनाको हुन्छ । त्यसका लागि जर्नेलको नेतृत्वमा शीतलनिवासमै सुरक्षा खटाइएको हुन्छ । राष्ट्रपतिका लागि यसरी पटक पटक गाडी मागेर काम चलाउनु पर्ने भएपछि र बीच बाटोमै गाडी बिग्रेर बस्नु परेपछि जंगी अड्डाले भीभीआइपीको सवारी सुरक्षाका लागि रक्षा मन्त्रालयलाई पठाएको पत्रलाई आधार बनाएरै हो अहिले राष्ट्रपतिले गाडी किन्न १६ करोड मागेको हल्ला चलाईएको ।

राष्ट्रपतिको सवारी साधनका लागि पैसा नमागिएको प्रधानमन्त्री स्वयंले संसदमा भनिसकेका छन् । सवारीका लागि बजेट छुट्याउने अर्थमन्त्रालयका सचिव शान्तराज सुवेदीले पनि राष्ट्रपतिको गाडी खरिदका लागि अर्थमा कुनै प्रस्ताव नआएको वताएका छन् । ‘यस्तो प्रस्ताव हामीकहाँ आएको छैन । प्रस्ताव आयो भने पैसा दिने हामीले नै हो तर, हामीलाई यसबारे थाहा छैन’ सुवेदीले भनेका छन्, ‘बीचमा यस्तो हल्ला कहाँबाट चल्यो ?’

उता निर्वाचन आयोगमै भएका गाडी अन्य निकायहरुलाई दिनु परिरहेका बेला निर्वाचन सामग्रीका रुपमा खरिद ऐन मिचेर ५ वटा गाडी किन्ने निर्णय निर्वाचन आयोगले गरेको छ । निर्वाचन सामग्रीकै रुपमा खरिद गर्दा खरिद ऐन अनुसार टेण्डर समेत गर्नु पर्दैन । यो खवर आजको जनआस्था साप्ताहिकमा छापिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah