कैलालीमा नेपाली कांग्रेसको जिल्ला अधिवेशन स्थगित भएको छ।

प्रदेश अधिवेशन गर्न समय अपुग भएका कारणले जिल्ला अधिवेशन पछि सरेको बताइएको छ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्ला प्रचारप्रसार समितिका संयोजक नृप सुनारले व्यवस्थापकीय रुपले प्रदेश अधिवेशनको तयारी गर्नुपर्ने भएकाले केन्द्रीय निर्वाचन समितिको अनुमतिमा जिल्ला अधिवेशन सार्ने निर्णय भएको बताए।

‘प्रदेश र केन्द्रको महाधिवेशन पार्टीका लागि महत्वपूर्ण छ, त्यसैले केन्द्रीय महाधिवेशन पछि जिल्ला अधिवेशन हुने छ,’ उनले भने।

मंसिर १० गते जिल्ला अधिवेशनको मिति तय गरिएको थियो।

केन्द्रीय महाधिवेशनपछि हुने भनिएको जिल्ला अधिवेशनको मिति टुंगो लागेको छैन। कैलालीमा देउवा पक्षकै ६ जना उम्मेदवार जिल्ला सभापतिको दौडमा छन्।

केन्द्रीय सभापति शेरबहादुर देउवा निकटका नृपबहादुर वड, वहालवाला जिल्ला सभापति नरनारायण शाह मनु, नारायण भट्ट, भीम बडुवाल, प्रकाश वम, खेम चौधरी र गणेश देउवा प्रतिष्पर्धामा छन्।