झापाको दमक नगरपालिकामा स्थानीय तहको निर्वाचनमा लज्जाश्पद पराजयको कारण पत्ता लगाउन यतिखेर काँग्रेसका नेता कार्यकर्ताहरु जुटेकाछन् । काँग््रेसले दमकमा एकजनापनि प्रतिनिधि जिताउन सकेन ।

अन्र्तघात गर्न भूमिका खेल्नेलाइ कार्वाही गर्ने देखि लिएर सचेत गराउनेसम्मका प्रयासहरु गर्ने तयारी गर्दै काँग्रेस दमकलाइ छलफललाइ अगाडि बढाएको एक नगरका नेताले बताएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

महाअधिवेसन प्रतिनिधि घनेन्द्र सुब्बालाइ कार्वाही गरेपछि पार्टी भित्र चर्काचर्की शुरु भएको र बिबाद मिलाउन हम्मेहम्मे भएको बताइन्छ । अर्को निर्वाचन नजिकिदै गरकेो अवस्थामा कार्वाही गरिनु हुन्न भन्ने मत पनि धेरै रहेकाले समस्या भएको श्रोतको भनाइ रहेको छ ।

सुब्बालाइ कार्वाही गरिनुपथ्र्यो भन्ने पक्ष र गर्नु हुदैन भन्ने पक्षबीच बिबाद बढ्न थालेको जनाईएको छ । सुब्बाको भने कुनै प्रतिक्रिया आएको छैन ।

नगर समितिले सुब्बालाइ कार्वाहीका लागि मािथ सिफारीस गर्ने भनेर पत्र तयार पारेपनि त्यो पत्र माथि पुर्याउन नपाउदै कार्वाहीको बिषयमा तिब्र आलोचना भएको बताइन्छ ।