एमाले महाधिवेशनमा सहभागी हुन राप्रपा अध्यक्ष कमल थापा चितवन आइपुगेका छन् । उनलाई एमाले नेता देवी ज्ञवाली र रामप्रसाद न्यौपानेले स्वागत गरे ।

राप्रपाका नेतृ रीना गुरुङलगायत नेता कार्यकर्ताहरू पनि कमल थापालाई स्वागतका लागि भरतपुर विमानस्थल आएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमाले अध्यक्ष केपी ओलीसँग आफ्नो व्यक्तिगत रूपमा सद्भाव रहेको बताउँदै थापाले नेतृत्व चयनका सन्दर्भमा भने शुभेच्छा प्रकट गरे ।