झापा दमक क्याम्पसमा अध्ययनरत एक बिद्यार्थीको मृत्युले क्याम्पस बिद्यार्थीहरुमात्र नभएर सामाजिक सञ्जालमा उनको मृत्युको खबर हेरेकाहरु धेरै झस्किएकाछन् । एकजना किशोरीले कलिलो उमेरमा गरेको भनिएको आत्महत्याले सबैलाइ पिरोलेको पाईएको छ ।

बी बि एस् प्रथम बर्षमा अध्ययनरत मेरीना पोख्रेलले आत्महत्या गरेको बताइएको छ । आत्महत्या पछिल्लो समयमा झापामा भयाभह समस्याको रुपमा देखा परेको छ ।

आत्महत्याको भयाभह समस्या निवारणका लागि कदम चालिनु पर्ने पनि सामाजिक सञ्जालहरुमा माग उठेको छ । आत्महत्या समस्याको सामधान नभएको भन्दै यो दूर्भाग्य भएको भन्दै स्टाट्सहरु पनि लेखिएकाछन् ।

प्रहरीका अनुसार दिदी भिनाजूकोमा बसेर पढ्दै आएकी उनि बेलुका रमाएर नै खाना खाएकी थिइन् । खासै कुनै निराशा उनको अनुहारमा झल्केको थिएन । उनि लामो समय फोनमा भने कुराकानी गरिरहन्थिन् । तर को संग भन्ने दिदी भिनाजूलाइ थाहा छैन ।

प्रहरीले मोवाइल अनुसन्धानका लागि लिएको बताएको छ । इलाका प्रहरी कार्यालय दमकका अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतका अनुसार ४ बर्ष अघि पनि बिष सेवन गरेर पोखरेलले आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

प्रहरीको एक अध्ययन अनुसार झापामा आत्महत्या समस्याको रुपमा रहेको छ । यो नियण्त्रण गर्न सकिन्छ । समाजमा रहेका गलत धारणाहरुको कारण नै आत्महत्या न्यूनिकरण गर्न जोखिम रहेको छ ।

एकपटक आत्महत्या प्रयास गरेको ब्याक्तिले अर्को पटक कुनै न कुनै समय आत्महत्या गर्छ भन्ने गलत धारणा रहेपनि यो असत्य भएको बताइन्छ । उचित परामर्श दिएको अवस्थामा आत्महत्या न्यूनिकरण हुनसक्छ ।

आत्महत्या गर्ने ब्याक्तिले कुनै न कुनै संकेत केहि समयअघि देखि दिएको हुनसक्ने भएपनि यसलाइ बुझ्न नसक्दा पनि दूर्घटनाहरु भएको बिज्ञहरुले बताउने गरेकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah