त्रिभुवन विश्वविद्यालयले सम्बन्धन प्राप्त गरेका सामुदायिक र निजी कलेजहरुले सम्बन्धन नवीकरण नगरे खारेजीको प्रक्रिया अगाडि बढाइने चेतावनी दिएको छ।

मानविकी तथा सामाजिक शास्त्र संकाय डीनको कार्यलयले सम्बन्धन प्राप्त गरेका सामुदायिक तथा निजी कलेजहरुको सम्बन्धन कार्यक्रम नवीकरणका लागि पटक पटक ताकेका गर्दा पनि माघ २० गतेभित्र नवीकरण नगर्ने कलेजको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको हो।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्रिविले कात्तिक ३० गतेसम्म समय तोकिएकोमा केही कलेजले मात्र कार्यक्रम नवीकरण आवेदन दर्ता गरेकाले नवीकरण्का लागि समय थप गरिएको र थप गरिएको समयमा पनि नवीकरण नगर्ने संस्थाको सम्बन्धन गर्ने खारेज गर्ने जनाएको छ।

त्रिवि डिन कार्यालयले थप गरिएको समयभित्र साधारण दस्तुर र सो पछि माघ मसान्तसम्म दोब्बर दस्तुर तिरी अनिवार्य रुपमा सम्बन्धन कार्यक्रम नवीकरणका लागि आवेदन दर्ता गर्न शिक्षण संस्थालाई सुचित गरेको हो।