पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भाषणप्रति भारतीय मिडियाले आपत्ति जनाएको छ ।

कालापानी, लिपुलेकका विषयमा ओलीले ‘विवादित बयान’ दिएको भन्दै भारतीय मिडियाले यसलाई ‘बिग्रेको बोली’को संज्ञा दिएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

भारतीय मिडिया अमरउजालालेएमाले अध्यक्ष ओलीको भनाइप्रति आपत्ति जनाएको हो ।

यस मिडियाले समाचारमा लेखेको छ,‘नेपालका पूर्व प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दलका सीपीएन–यूएमएलका अध्यक्ष केपी शर्मा ओलीले भारतसँगको सीमा विवादबारे विवादित बयान दिएका छन् । उनले आफ्नो पार्टी सत्तामा गएमा भारतसँग लिपुलेक, कालापानी र लिम्पियाधुरा वार्ताको माध्यमबाट फिर्ता लिने बताएका छन् ।’