केही महिनाअघि मात्रै एमालेमा प्रवेश गरेका उद्यमी दुर्गा प्रसाईंले एमाले महाधिवेशनमा चितवनमा लाखौँ मान्छे जम्मा पार्नुमा आफ्नो ठूलो योगदान रहेको दाबी गरेका छन्। आफू एमालेमा प्रवेश गरेपछि अध्यक्ष केपी ओलीको क्रेज बढेको उनको दाबी छ ।

पहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालको निकट रहेका प्रसाईं नेकपा र एमाले विभाजनपछि एमालेमा प्रवेश गरेका थिए । पार्टी विभाजन नभएको भए ओलीको क्रेज झनै बढ्ने उनको तर्क छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

एमालेको दसौँ महाधिवेशन शुक्रबार नारायणी नदीकिनारमा उद्घाटन भएको थियो । उद्घाटन समारोहमा एमालेले पाँच लाख मानिस उतार्ने दाबी गरेको थियो । सो संख्यामा मानिस नआए पनि समारोहमा ठूलै जनलहर देखिन्थ्यो ।

महाधिवेशनमा शक्ति प्रदर्शनसमेत गर्ने हेतुले एमालेले देशभरिबाट कार्यकर्ता चितवनमा उतारेको थियो ।