नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसदको निर्वाचनमा एमालेले प्रष्ट बहुमत ल्याएर एकल सरकार बनाउने उदघोष गर्नुभएको छ ।

बैदेशिक रोजगार ब्यवासायीका माझ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो,‘अव हुने प्रदेश र केन्द्रको चुनावमा एमालेले स्पष्ट बहुमत ल्याउँछ, एकल सरकार बनाउँछ र बैदेशिक राजेगारलगायत सवै क्षेत्रको समस्या समाधान गर्छ, कोही पनि अन्यायमा पर्दैनन ।’

भर्खरै सम्पन्न स्थानीय निर्वाचनको परिणाममा एमालेको पोजिसन थाहा भएपछि अब प्रदेश र संघीय निर्वाचनमा एमालेको कुन पोजिसन हुन्छ भन्नै नपर्ने ओलीको भनाई थियो ।

संसदको निर्वाचन भएपछि एमालेकै एकल नेतृत्वमा सरकार वन्ने र ब्यवसायीहरुको माग सोही सरकारले पूरा गर्ने ओलीले वताउनुभयो ।

ओलीले पद र पैसाका लागि जे पनि गर्ने पक्ष र विपक्षका बीच द्धन्द्ध चलेको वताउनुभयो । बैदेशिक रोजगार ब्यवसायी संघमा रोहन गुरुङको नेतृत्वमा उम्मेदवार बनेका ब्यवसायीहरु देश बनाउने पक्षधर भएकोले जिताउनै पर्ने ओलीले वताउनुभयो ।

उहाँले स्थानीय निर्वाचनमा सत्ता पराजित र लोकतन्त्रको जित भएको पनि दाबी गर्नुभयो । उहाँले नेपाली जनताले विकास चाहेको भन्दै भोकै बसेर अधिकारको लडाईँ लड्न नसक्ने दाबी गर्नुभयो ।

ओलीले नेपाल कस्तो बनाउने भनेर हामी लडिरहेको भन्दै राष्ट्र र राष्ट्रियतालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah