नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले दिएको राजीनामा स्वीकृत भएको छ ।

यादवले स्वास्थ्यको कारण देखाउँदै सभापति शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए। देउवाले पार्टीको विभान बमोजिम यादवको राजीनामा स्वीकृत गरेको नेपाली कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

समितिका वरिष्ठ सदस्य वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेलाई संयोजकमा देउवाले मनोनयन गरेका छन्।