अधिवेशन अन्तर्गत शनिवार भएको मतदानबाट हाल जिल्ला सचिव रहेका डाँगीले सबैभन्दा बढी ७ सय ७६ मत ल्याएका थिए। मतदानमा कूल २१३७ मत खसेको थियो।

चार प्रतिष्पर्धी मध्ये कसैले पनि ५० प्रतिशत मत नकटाएपछि विधान अनुसार बढी मत ल्याउने दुई उम्मेदवारबीच पुनः मतदान गर्नुपर्ने थियो। तर दोस्रो चरणका प्रतिष्पर्धी भुपबहादुर डाँगीले उमेद्वारी फिर्ता लिएपछि शंकर सभापतिमा निर्वाचित भएका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि दाङ २ का क्षेत्रीय सभापति रहेका भुपबहादुरले ४५६ मत प्राप्त गरेका थिए। जिल्ला सभापतिमा अन्य दुई प्रतिष्पर्धीमध्ये जानकीलाल बस्नेतले ४७१ र कमल किशोर घिमिरेले ३१५ मत प्राप्त गरेका थिए।

जिल्ला सभापतिमा निर्वाचित डाँगी संस्थापन इतर समूहका हुन् भने ३ जना संस्थापन पक्षधर हुन्।