एमालेको संसदीय दलका उपनेता सुवास नेम्वाङले वरिष्ठ उपाध्यक्ष पद नछोड्ने चट्टानी अडान राखेका छन् ।

शुक्रबारदेखि चितवनमा जारी १०औँ महाधिवेनमा नेतृत्व चयन गर्ने जारी छलफलमा उनले आफू वरिष्ठ उपाध्यक्षबाट पछि नहट्ने बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सो विषयमा नेम्वाङले अध्यक्ष केपी शर्मा ओलीसँग समेत छलफल गरेका छन् । सौराहाको पार्क सफारी होटलमा ओलीसँगको छलफलबाट बाहिरिएपछि उनले भने, ‘अध्यक्षले कुराकानी गरिरहनुभएको छ, मैले पद छाडेको छैन ।’

एमालेको १०औँ महाधिवेशनमा सर्वसहमतिमा नेतृत्व चयन गर्ने विषयमा छलफल भइरहेको छ । यता पार्टी उपाध्यक्ष भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि अन्तिमसम्म सर्वसहमतिमा नेतृत्व चयन गर्नेबारे छलफल भइरहेको एक नेताले बताए ।