नेकपा एमालेका उपाध्यक्ष भीम रावल अध्यक्ष केपी शर्मा ‌ओलीलाई भेट्न गएका छन् । बन्दसत्रको हलबाट निस्किएर रावल ओलीलाई भट्न उनी बसेको होटल पार्क सफारीमा गएका हुन् ।

एमालेको १० महाधिवेशनका लागि चितवन आएपछि ओली र रावलबीच पहिलो पटक 'वान टु वाट' भेट हुन लागेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यसअघि शनिबारको बन्दसत्र हलमा उपाध्यक्ष भीम रावलले ओलीलाई केन्द्रीय कमिटीका सबै सदस्यको नामावली मनोनयन गर्न दिइएको प्रस्तावमा आपत्ति जनाएका थिए ।

अध्यक्षका प्रत्यासी रावलले आफूले उम्मेदवारी घोषणा गरिसकेको भन्दै महाधिवेशनमा निर्वाचन हुनैपर्ने अडान लिएका छन् । तर, ओलीले निर्वाचन नगर्ने बताइरहेका छन् ।