नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिलेसम्म ५३ जिल्लाको परिणाम आएको छ । जसमध्ये बरिष्ठ नेता रामचन्द्र पौडेल निकट २६ जनाले जिल्ला सभापतिमा जीत हात पारेका छन् ।
संस्थापन अर्थात् सभापति शेरबहादुर देउवानिकट २१ जना सभापतिहरू निर्वाचित भएका छन् । पूर्वमहामन्त्री कृष्ण सिटौला निकट एक जना सभापति निर्वाचित भएका छन् भने उपसभापति बिमलेन्द्र निधि निकट एक जना सभापतिले जीत निकालेका छन् । सर्वसम्मत रूपमा सभापति बनेका २ जिल्ला सभापतिले आफ्नो पक्षधरता खुलाएका छैनन् । तनुहँबाट निर्वाचित सभापति जीतप्रकाश आले पौडेल समुहमा नै रहेका छन् ।
आले र बर्तमान सभापति बैकुण्ठ न्यौपानेका बीचमा प्रतिष्पर्धा भएको थियो । आलेलाई देउवा पक्षका नेताहरु शंकर भण्डारी, गोविन्द भट्टराई, ध्रुप वाग्लेले सहयोग गरेका थिए । तर आलेले वरिष्ठ नेता पौडेललाई आफु पौडेलको पक्षमा रहने बचन दिएका छन् ।
शेरबहादुर देउवा पक्ष (संस्थापन)
१।शंकर गुरुङ – मनाङ
२। खडक बोहरा – बझाङ
३। गजेन्द्र तुम्याहाङ – ताप्लेजुङ
४। मोहनविक्रम सिंह – हुम्ला
५। कान्छाराम तामाङ – रामेछाप
६। ऐनबहादुर शाही – मुगु
७। खमबीर गर्बुजा – म्याग्दी
८। केशबहादुर विष्ट – सल्यान
९। रुपनारायण जबेगु – पाँचथर
१०। नरेन्द्रबहादुर सिंह – डोटी
११। दीपेन्द्रबहादुर शाही – डोल्पा
१२। कर्णबहादुर शाही – जुम्ला
१३। तेजेन्द्र खनाल– ओखलढुंगा
१४। डा।टकराज गुरुङ – लमजुङ
१५। भीमबहादुर साउद – डडेल्धुरा
१६। रामकृष्ण खाँण – रुपन्देही
१७। युवराज जोशी – पर्वत
१८। डम्बर खड्का – इलाम
१९। तीर्थ लामा – काभ्रे
२० पदम बोगटी – कञ्चनपुर
२१। खड्गबहादुर पोखरेल – सुर्खेत
रामचन्द्र पौडेल पक्ष (संस्थापनइतर)
१। रोमी गौचन थकाली – मुस्ताङ
२। केशरमान रोका – रुकुमपूर्व
३। दीपक खड्का– संखुवासभा
४।नन्दप्रसाद न्यौपाने – गोरखा
५। विष्णु राई – खोटाङ
६।हिमालदत्त श्रेष्ठ –पाल्पा
७। राजु थापा – स्याङ्जा
८। किशोर आचार्य – रोल्पा
९। विष्णुकुमार गिरी – प्यूठान
१०। अर्जुनबहादुर तुम्बाहाम्फे – तेह्रथुम
११। विनोद बान्तवा – भोजपुर
१२। केशव श्रेष्ठ – अर्घाखाँची
१३। चतुरबहादुर चन्द – बैतडी
१४। बर्मा लामा – दोलखा
१५। अम्मबहादुर शाही – कालीकोट
१६। रामसिंह रावल – बाजुरा
१७। अर्जुनकुमार पोखरेल – नवलपरासी (पश्चिम)
१८। मणिराम रेग्मी – दैलेख
१९। शंकरप्रसाद डाँगी – दाङ
२०। रमेश महत – नुवाकोट
२१। सबुज कृष्ण बानियाँ – काठमाडौं
२२। रामनाथ अधिकारी – धादिङ
२३। खिलध्वज पन्थी – गुल्मी
२४। जितेन्द्रकुमार श्रेष्ठ – ललितपुर
२५। केदार भण्डारी – सुनसरी
२६। ललितसिंह बोहरा– दार्चुला
कृष्ण सिटौला पक्ष
१। देउमान थेवे – झापा
विमलेन्द्र निधि पक्ष
१। किशोर बराल
पक्षधरता नखुलाएका –
१। प्रेमप्रकाश ओली – रुकुम पश्चिम
२। वेदराज सिंह – जाजरकोट










