बिष्णुप्रसाद पोखरेल
दमक /झापा दमक नगरपालिकाका मेयर रोमनाथ ओलीले दमकलाइ बिषादी रहित उपभोग्य बस्तु बिक्रि बितरण गर्ने थलोको रुपमा बिकास गर्ने घोषणा गरेकाछन् । उनले बिषादीका कारण जन स्वास्थ्यमा गम्भिर असर परिरहेको भन्दै यसमा आफूहरुको ध्यान जाने बताएकाहुन् ।

हरेक उपभोग्य सामाग्रिहरुमा बिषादी प्रयोग बढेको भन्दै यसलाइ रोक्नका लागि प्रभावकारी कदम चालिने र यस बिषयमा चाँडै बिज्ञहरुसंग छलफल चलाउने पनि उनले बताए ।

दमकमा एनएमबी बैकले गरेको सम्मान कार्यक्रममा बोल्दै ओलीले दमकमा बिषादी मापन गर्ने यन्त्र राखेर बिषादी हालिएका सामाग्रिहरु बिक्रि बितरणमा रोक लगाउने बताए ।

भौतिक बिकासमात्र बिकास नभएको बताउदै जनस्वास्थ्य सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले यस बिषयालाइ नगरपालिकाले प्राथमिकतामा राखेर काम अघि बढाउने ओलीको भनाइ थियो ।

हरेकको भान्सामा बिषादी रहित खाद्य तथा उपभोग्य सामाग्रि पुर्याउने लक्ष्य अनुसार काम गर्ने भन्दै यसमा सबैको सहयोग र साथ पाइनेमा आफू बिश्वस्थ रहेको पनि ओलीको भनाइ थियो ।

बिषादी मिसाएकी उपभोग्य सामाग्रिले अहिले रोगहरु बढेको भन्दै ओलीले नगरपालिकाले चाँडै नै बिषादीको प्रयोग रहे नरहेको भन्ने जाँच गर्ने मेशिन ल्याउने बताए । उनले बिषादी प्रयोग गरिएका सामाग्रि भेटिनसाथ फिर्ता गरिने या नष्ट गरिने जनाएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah