बिष्णुप्रसाद पोखरेल
झापामा आत्महत्या भयाभह अवस्थामा रहेको छ । एउटा जटिल समस्याको रुपमा यो समाजमा बढ्दै गएको छ । बिकराल रुप लिइरहेको छ । तर यसको नियण्त्रण र रोकथाम गर्नका लागि सकिन्छ भन्ने जान्दाजान्दै पनि किन यसका लागि ठोस कार्यक्रम शुरु भएको छैन ? यस बिषयमा बहस चलाउन जरुरी रहेको छ ।
झापामा दैनिक सरदरमा कम्तिमा पनि १ जनाले आत्महत्या गरेको रेकर्ड प्रहरीमा दर्ज भएको छ । यो दूर्घटनाले ज्यान जानेको सख्याभन्दा धेरै हो । तर पनि यसलाइ रोकथामका लागि ठोस कदमहरु शुरु भएका छैनन् । दमक क्याम्पसमा अध्ययनर मेरिना पोखरेलले गरेको आत्महत्याले सामाजिक सञ्जाल नै स्तब्ध बन्यो । पूर्वका बिशेष गरेर दमकका सबैलाइ नै यसले छोयो । घोच्यो । पोल्यो । निराशा बनायो ।
जिल्ला प्रहरी कार्यालय झापा र अञ्चल प्रहरी कार्यालय मेचीले झापामा केहि समय अघि शुरु गरेको अभियानमा एकजना दमकका सामाजिक कार्यकर्ताले आफू पनि आत्महत्या गर्न हिडेको र परिवारले थाहा पाएर फर्काएको जनाएका थिए ।
्
उनले आफूले धेरै परामर्श पाएको र कतिले त उल्टै फेरी आत्महत्या गरौ जस्तो गरेर भन्ने गरेको पनि सुनाएका थिए । पीडा माथि पीडा दिने गरेको उनको भोगाइ रहेको थियो । उनको अन्तिम निष्कर्ष रहेको थियो परिवार र समाजले समस्या बुझेर परामर्श दियो भने आत्महत्या गर्न लागेको मानिसको ज्यान बच्छ । जो आफू पनि एउटा त्यस्तै ब्याक्ति भएको उनको भनाइ थियो ।
अब स्थानीय सरकार हामीले पाएका छौ । यस बिषयमा स्थानीय सरकारको ध्यान जानु जरुरी रहेको छ । यसलाइ रोकथाम र न्यूनिकरण गर्नका लागि सामाजिक चेतना आवश्यक रहेको प्रहरीको भनाइ रहेको छ । बिद्यालय तथा क्याम्पसका बिद्यार्थीहरुले आत्महत्या गरेको पाइन्छ । उनिहरुलाइ जिबन किन महत्वपूर्ण छ भनेर अब किन नसिकाउने ? आत्महत्या बिरुद्धको अभियानमा लाग्नलाइ किन प्रेरित नगर्ने यस बिषयमा ध्यान जानु पर्छ ।
३ बर्षको अवधिमा झापा सहित मेची अञ्चलमा १ हजार १२ जनाले आत्महत्या गरेकाछन् । जसमा पुरुष ५८ प्रतिशत र महिला ४२ प्रतिशत रहेकाछन् । यसमा साधरण लेखपढ गरेका बढि पर्छन् ।
पुर्वाञ्चल
कूल जनसंख्या : ५८,११,५५५
विगत ३ आ.व.:२९१६ जना (०७१/०७२ -१०६६,०७२/०७३-११०२,०७३/०७४ -७४८)
पुर्वाञ्चलको विगत ३ बर्षमा भएको जम्मा आत्महत्या मध्ये ३४.७०५% मेची
अंञ्चलमा भएको
मेची अंचल
कूल जनसंख्या :- १४,२८,७२७ ( महिला : ५२.३५%, पुरुष:४७.६४%)
विगत ३ आ.व.:-१०१२ जना (०७१/०७२ -३९०,०७२/०७३-३७१,०७३/०७४ -२५१)
−प्रति वर्ष प्रति १ लाख जनसंख्यामा २६.६४ले आत्महत्या गर्दछन (नेपालको सरदर २४.९)
−प्रत्येक १ घण्टामा ०.०४३ तथा प्रत्येक दिन(२४ घन्टा भित्र) १.०४३ जनाले आत्महत्या गर्दछन
हरेक वर्ष करिव १० लाख मानिसले आत्महत्या गर्छन्
विश्वमा हरेक ३ सेकेण्डमा एक आत्महत्याको प्रयास र ४० सेकेण्डमा एक जना मानिसले आत्महत्या गर्दछन
विश्वमा आत्महत्याको दर ११.४ प्रतिलाख रहेको छ अर्थात् हरेक एक लाख जनामा ११.४ जनाले आत्महत्या गर्छन्
विश्वमा सबैभन्दा धेरै आत्महत्या हुने मुलुक गुएना हो, जहाँ हरेक १ लाखमा ४४.२ को दरले आत्महत्या गर्छन्
प्रति वर्ष नेपालमा प्रति एकलाख मानिसमा आत्महत्याको दर २४.९ छ अर्थात् हरेक एक लाखमा झण्डै २५ जना नेपालीले आत्महत्या गर्ने गरेका छन् ।
पुरुषमा आत्महत्या दर प्रतिलाखमा १५ जना छ भने महिलामा हरेक एक लाखमा ८ जना छ
गरीब देशमा आत्महत्याको दर प्रतिलाखमा ११.२ छ भने धनी देशमा प्रतिलाखमा १२.७ छ
नेपाल आत्महत्या गर्ने मुलुकको आठौं नम्बरमा पर्दछ
नेपालमा सरदर एक वर्षमा ५ हजार ५ सय ७२ जनाले आत्महत्या गरेका छन्
श्रोत: विस्व स्वास्थ्य संगठन (WHO), नेपाल प्रहरी



