एसीसीए र पोखरा विश्वविद्यालयबीच संयुक्त अनुसन्धान तथा सीप विकासको लागि सम्झौता भएको छ।

समझदारी पत्रमा एसीसीए नेपाल प्रमुख रविन कटवाल र पोखरा विश्वविद्यालयका रजिस्टार दिपक भण्डारीले  हस्ताक्षर गरेका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सम्झाैताले पोखरा विश्वविद्यालय र एसीसीएका सदस्य तथा भावी सदस्यहरूको हितमा पारस्परिक सहयोग विकास गर्ने उद्देश्य राखेको छ।

अब एसीसीए नेपाल र पोखरा विश्वविद्यालयले संयुक्त रूपमा अनुसन्धान, सिकाइका स्रोतमा साझेदारी, सीप विकास तालिम सञ्चालन लगायत काम गर्नेछन्।

सम्झौताले एसीसीएका सदस्यहरूका लागि पोखरा विश्वविद्यालयको स्नातकोत्तर कार्यक्रम र पोखरा विश्वविद्यालयबाट स्नातक गरेकाहरूका लागि एसीसीएको अध्ययन गर्ने अवसर पनि खुला गरेको छ।