नेकपा एमालेले १० औँ महाधिवेशनमार्फत मधेसलाई कस्तो स्थान दियो भन्नेबारेमा चर्चा हुन थालेको छ । केपी शर्मा ओलीको पहिलो प्रधानमन्त्रीकालमा एमालेलाई ‘मधेसविरोधी’ शक्तिका रूपमा लिइन्थ्यो तर १० औँ महाधिवेशनमार्फत पार्टीले त्यो दाग मेटाएको कतिपयको भनाइ छ ।

१० औँ महाधिवेशनमा केपी शर्मा ओलीले मधेसलाई पनि पदाधिकारीमा स्थान दिएका छन् । केन्द्रीय सदस्यमा मधेसीतर्फ पनि निर्विरोध सूची बनाएर सर्वसम्मत रूपमा चयन गर्ने परिपाटीले मधेसमा एमालेको छवि राम्रो बनाएको जानकारहरू बताउँछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रदेश २ बाट केन्द्रीय सदस्यमा विजय भएका राजकुमारी लेखीले भने, ‘केन्द्रीय समितिका लागि ज–जसले मनोनयन दर्ता गरे, ती सबै मधेसी निर्विरोधजस्तै भए, यो महाधिवेशनबाट एमालेले मधेसलाई हेर्ने दृष्टिमा परिवर्तन गरेको देखिन्छ ।’