कालीकोटको नौवटै स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) ले नयाँ नेतृत्व चयन गरेको छ । माओवादीले स्थानीय तहहरूको प्रथम सम्मेलनबाट नयाँ नेतृत्व चयन गरेको हो ।

जिल्लाको खाँडाचक्र नगरपालिकाको अध्यक्षमा धनलाल अधिकारी, पचालझरना गाउँपालिकाको अध्यक्षमा पौरख बिक, पलाता गाउँपालिकाको अध्यक्षमा विष्णुबहादुर रोकाया, शुभकालिका गाउँपालिकाको अध्यक्षमा गोबिन्द आचार्य सर्वसम्मत चयन भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

त्यस्तै, माओवादी केन्द्र महाबै गाउँपालिका अध्यक्षमा हर्कबहादुर शाही, तिलागुफा नगरपालिकाको अध्यक्षमा राष्कोट नगरपालिकाका अध्यक्षमा धर्मराज शाही, सान्नित्रिवेणी गाउँपालिकाको अध्यक्षमा महेश केसी र नरहरिनाथ गाउँपालिकाको अध्यक्षमा मनशोभा बुढा चयन भएका पार्टी जिल्ला अध्यक्ष धनजित शाहीले जानकारी दिए ।

उनका अनुसार जिल्लाको सबै स्थानीय तहमा सर्वसम्मत नेतृत्व चयन गरिएको हो ।