काठमाण्डौ महानगरपालिकाका नवनिर्वाचित मेयर विद्यासुन्दर शाक्यले नगर विकासका लागि नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका छन् । शुक्रबार मेयर शाक्यले महानगरको २०७४–७५ को नीति तथा कार्यक्रम नगरसभामा पेश गरेका हुन् ।

मेयर शाक्यले पेश गरेका नीति तथा कार्यक्रममा काठमाण्डौलाई व्यवस्थित र आधुनिक शहर निर्माण गर्ने निकै आकर्षक कार्यक्रमहरु समेत तय गरिएका छन् ।

उनले घोषणा गरेका कार्यक्रमहरुमा काठमाण्डौको पार्किङको समस्या समाधान गर्नेदेखि ई–ट्वाइलेट हुँदै भर्टिकल र अण्डरग्राउन्ड कार पार्किङ सम्मका योजनाहरु समेटिएका छन् ।

मेयर शाक्यले भर्टिकल र अन्डरग्राएनड कार पार्किङको योजनालाई महानगरको नीति तथा कार्यक्रममै समावेश गरेका छन् । मेयर शाक्यले पेश गरेका कार्यक्रममा आगामी वर्षभित्र ५० वटा इ–ट्वाइलेट र ५० वटा स्मार्ट ट्वाइलेट निर्माण गर्ने योजना रहेको छ ।

त्यस्तै, कार्यक्रममा आधुनिक सुविधायुक्त शहरी यातायातका लागि मानोरेल, मेट्रो रेल, ट्रयाम र सिटी केबलबारको प्रयोगको सम्भाब्यताको पनि अध्ययन गरिने शाक्यले समेटेका छन् ।

त्यस्तै उनले पेश गरेको कार्यक्रममा काठमाडौंमा साकइकल सञ्जाल विस्तार गर्न रिंगरोडको ग्रीन बेल्ट,पशुपतिदेखि टेकुसम्मको बाग्मती किनार र विष्णुमति किनारमा साकइल लेनको विकास गरिने भएको छ ।

त्यसैगरी सबै कदातालाई सहज रुपमा कर तिर्ने वातावरण बनाउन स्मार्ट ट्याक्स पेयर कार्ड सिस्टमको विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यस्तै, ललितपुर महानगरसँगको सहकार्यमा बुढानिलकण्ठदेखि गोदावरीसम्म मोनो रेल चलाउनेबारे पनि सम्भाब्यता अध्ययन गर्ने आन्तरिक योजना बनाइएको छ ।

तर, नीति तथा कार्यक्रममा कहाँ कसरी यस्ता आधुनिक यातायात सञ्चालनको सम्भाब्यता अध्ययन गर्ने भन्ने उल्लेख गरिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah