नेकपा एमालेको १० औं महाधिवेशन हिजो चितवनमा सम्पन्न भयो । महाधिवेशनले अध्यक्षमा केपी शर्मा ओलीलाई छनोट गरेको छ ।

ओलीलाई सर्वसम्मत रुपमा अध्यक्ष बनाउने भन्ने कुरा भए पनि भीम रावलले उम्मेदवारी दिएपछि उक्त योजना सफल हुन सकेन ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

चुनावमा रोचक कुरा थियो भने, एमालेका पूर्वउपाध्यक्ष भीम रावल अध्यक्षमा विजयी हुन्न भन्ने थाहा हुँदाहुँदै पनि अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । त्यस्तै सर्वासम्मत रुपमा छनोट हुने पक्कापक्की भएका ओली चुनाव नै हुने भएपनि जित्नेमा ढुक्क थिए । तर उनले चुनाव गराउन नचाहेर बन्दसत्र लम्बिन पुग्यो ।

महाधिवेशनको दोश्रो दिन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष केपी शर्मा ओलीलाई नभेटी बन्दसत्र हलमा छिरेका थिए ।

अध्यक्षमा उम्मेदवारी दिएर ३२ पेजको बुक लेट समेत बनाएर चुनाव प्रचार गरेका रावलले ओलीलाई नभेटीकन हलमा छिरेका थिए ।

त्यतिबेला एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाइसकेका थिए ।

अहिले ओलीकै डिजाइनमा एमालेमा नयाँ टिम बनेको छ । जसमा पूर्वमाओवादीको पनि शानदार ‘इन्ट्री’ भएको छ ।