अशोक पौडेल (बाह्खरी)
दुई चरणमा गरी ६ प्रदेशका ६१७ स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । ६ प्रदेशमा प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, खुल्ला वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी २८ हजार ४५० पदका लागि १ लाख ११ हजार ११३ जनाले उमेदवारी दिएका थिए ।
दुई चरणको निर्वाचनमा सहभागी हुने भन्दै ६३ दलले आयोग समक्ष आधिकारिक हस्ताक्षर बुझाएको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मामा जानकारी दिए ।

यद्यपी दलीय हैसियतमा करिब २५ दलले मात्रै उमेदवारी दिएर चुनावमा सहभागी भएका थिए भने केहीले स्वतन्त्र रुपमा उमेदवारी दिए र निर्वाचित भए ।
६१७ मध्ये पहिलो चरण अन्तर्गत बैशाख ३१ गते नै निर्वाचन सम्पन्न भरतपुर महानगरपालिकाको नतिजा आएको छैन ।
नतिजा आइसकेका मध्ये एमालेले २७६ तह जित्दै पहिलो पार्टी बनेको छ भने २२६ तह जित्दै कांग्रेस दोस्रो, ८४ तह जितेको माओवादी तेस्रो र ८ तह जितेको संघीय समाजवादी फोरम चौथो दलको हैसियतमा आफूलाई उभ्याएको छ ।
त्यस्तै, नेपाल लोकतान्त्रिक पार्टीले ६, राप्रपाले ५, राष्ट्रिय जनमोर्चाले ३, नेपाल मजदूर किसान पार्र्टी १ तथा स्वतन्त्र उमेदवारले ३ तहमा जित हासिल गरे ।
दुई चरणको निर्वाचनको नतिजाले एमालेलाई पहिलो शक्ति बनाए पनि कांग्रेस प्रतिस्पर्धी रहयो । उमेदवार, विजयी र निकटतम प्रतिद्वन्द्वीको नतिजालाई तुलना गर्दा दुई दलमध्ये कसले सबैभन्दा धेरै मत प्राप्त गरे भन्ने ठम्याउन गाह्रो छ । तेस्रो स्थानमा रहेको माओवादीको भोटले भने दुई दललाई भेटाउने भने देखिँदैन ।

यस्तो रह्यो पहिलो चरण निर्वाचन
पहिलो चरणमा प्रदेश नं ३, ४ र ६ का २८३ तहमा १३ हजार ४१२ प्रतिनिधिका लागि २० दलले मात्रै दलीय हैसियतका रुपमा चुनावमा सहभागी भएका थिए । त्यसमध्ये १० दलले मात्रै चुनाव जिते ।
पहिलो चरणमा राजनीतिक दल र स्वतन्त्र गरी ४८,६७० को उमेदवारी परेकोमा १३ हजार ४०० निर्वाचित भइसकेका छन् भने भरतपुर महानगरको मेयर र उपमेयर तथा वडा नं १७ र १८ मतगणना स्थगित भएकाले जोडिएको छैन ।
पहिलो चरणमा ९७ नगरपालिका तथा १८६ गाउँपालिकाका २ हजार ५९८ वडामा निर्वाचन भएको थियो । प्रमुख÷अध्यक्ष, उपप्रमुख÷उपाध्यक्ष, वडा अध्यक्ष, खुल्ला वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य गरी १३ हजार ४१२ पदको निर्वाचन भएकोमा कांग्रेसले सबैभन्दा धेरै नगर प्रमुख ९४, गाउँपालिका अध्यक्षमा १७२ तहसहित १२ हजार ६४८ उमेदवार उठाएको थियो ।
कांग्रेस उमेदवारीमा पहिलो परिणाममा दोस्रो
जसमध्ये कांग्रेसका उमेदवार ३२ नगरको प्रमुख, २६ मा उपप्रमुख, ७२ गाउँपालिका अध्यक्ष, ५८ तहमा उपाध्यक्ष, ९१० वडाको अध्यक्ष, खुला महिला सदस्यमा ८९१, दलित महिला सदस्य ८११ र खुला सदस्यमा १ हजार ७७० गरी जम्मा ४ हजार ५४० निर्वाचित भएका छन् ।
त्यसैगरी ५४ नगरप्रमुख र ५४ उपप्रमुखमा निकटतम प्रतिद्वन्द्वी, ७७ गाउँपालिका अध्यक्ष तथा ७७ नै उपाध्यक्षमा कांग्रेस दोस्रो हुन पुग्यो । त्यसैगरी १ हजार १०४ वडा अध्यक्ष, १ हजार १४७ महिला सदस्य, १ हजार ५४ दलित महिला सदस्य र २ हजारभन्दा बढी खुला सदस्यले निकटतम प्रतिद्वन्द्वी मै चित्त बुझाउनुप¥यो ।
एमाले उमेदवारी र प्रतिद्वन्द्वीमा दोस्रो, तर विजयीमा पहिलो
एमालेले ९४ नगरप्रमुख, ८६ उपप्रमुख, १७६ गाउँपालिका अध्यक्ष १७२ उपाध्यक्षसहित १२ हजार ४९७ पदमा उमेदवारी दिएको थियो । जसमध्ये ५३ तहमा प्रमुख र ५३ मै उपप्रमुख विजयी गराउन सफल एमालेका ७२ गाउँपालिका अध्यक्ष र ८३ उपाध्यक्ष निर्वाचित भए । त्यसैगरी १ हजार १२१ वडा अध्यक्ष विजयी गराउन सफल एमालेका १ हजार १९५ महिला सदस्य, १ हजार १२४ दलित महिला सदस्य तथा २ हजार ३५२ खुला सदस्य निर्वाचित भए ।
त्यसैगरी ३१ नगरप्रमुख, २५ उपप्रमुख, ६८ गाउँपालिका अध्यक्ष, ६३ उपाध्यक्ष, ८९८ वडा अध्यक्ष, ८५५ महिला सदस्य, ७८६ दलित महिला सदस्य र करिब १ हजार ७ सय खुला सदस्य खुला सदस्य दोस्रो स्थानमा रहे ।
माओवादी सबैमा तेस्रो
त्यसैगरी तेस्रो दलको रुपमा रहेको माओवादी केन्द्रका ८० तहमा नगरप्रमुख ९० मा उपप्रमुख, १६० मा अध्यक्ष, १५४ मा उपाध्यक्षसहित ११ हजार ३७१ उमेदवार बनेका थिए ।
जसमध्ये १० नगरप्रमुख, १३ उपप्रमुख ३६ गाउँपालिका अध्यक्ष र ३६ कै उपाध्यक्षसहित जम्मा २ हजार ३६० जना विजयी भए । त्यसैगरी १० नगरप्रमुख, १४ को उपप्रमुख, ३५ गाउँपालिका अध्यक्ष र ३४ उपाध्यक्ष करिब १ हजार ७ सय ५० उमेदवारले दोस्रो स्थानमा चित्त बुझाए ।
त्यसपछि ८२ नगरको प्रमुख, १२२ गाउँपालिकाको अध्यक्षसहित ५ हजार ४७२ उमेदवार बनाएको राप्रपाका १ गाउँपालिका अध्यक्षसहित १२१ जनामात्रै विजयी भए । त्यस्तै एक गाउँपालिकाको अध्यक्षसहित १२७ पदमा मात्रै दोस्रो स्थानमा रहन सफल भए ।
त्यस्तै अन्य दलहरुले पनि आफ्नो प्रभाव हेरेर हजारदेखि १÷२ पदमा मात्रै पनि उमेदवार दिएका थिए । जसमध्ये नगन्य ठाउँमा मात्रै विजयी भए ।
स्वतन्त्रको पनि उपस्थिति
पहिलो चरणमा १ हजार ७९३ जनाले नगरप्रमुख सहित सबै पदमा दिएको उमेदवारी दिएकोमा ८४ जना मात्रै विजयी भए ।
यस्तो रह्यो दोस्रो चरण निर्वाचन
असार १४ गते दोस्रो चरणमा प्रदेश नं १, ५ र ७ का ११९ नगर तथा २१५ गाउँपालिकाका २ हजार ८७४ वडामा भएको निर्वाचनमा करिब दुई दर्जन पार्टीका ६२ हजार ४४३ को उमेदवार मैदानमा उत्रिएका थिए । जसमध्ये १५ हजार ३८ निर्वाचित भइसकेका छन् ।
कांग्रेसः उमेदवारी र नजितामा दोस्रो, निकटतम प्रतिद्वन्द्वी धेरै
दोस्रो चरणमा कांग्रेसले सबै पदमा गरी १४ हजार ५१२ जना उमेदवार उठाएको थियो । जसमध्ये ११८ नगर प्रमुख, १०९ को उपप्रमुख, २०८ गाउँपालिका अध्यक्ष र १९३ को उपाध्यक्षसहित सबै पदमा गरेर १४ हजार ५१२ जनालाई उमेदवार बनाएको थियो ।
जसमध्ये ४८ नगरको प्रमुख ३५ को उपप्रमुख, ७४ गाउँपालिका अध्यक्ष र ६७ को उपाध्यक्षमा कांग्रेस उमेदवारहरु विजयी भए भने १ हजार २४ वडा अध्यक्षसहित ५ हजार ११५ उमेदवार विजयी भए ।
केही तहको नतिजा आयोगको तथ्यांकमा उल्लेख हुनै बाँकी छँदा ५५ नगरप्रमुख, ६१ उपप्रमुख, ९१ गाउँपालिका अध्यक्ष तथा ९७ तहका उपाध्यक्षसहति करिब ६ हजार उमेदवारले दोस्रो स्थानमै चित्त बुझाउन बाध्य भए ।
एमालेः उमेदवार र विजयी दुवै धेरै
दोस्रो चरणमा एमालले ११९ नगरपालिका मध्ये ११६ को प्रमुख, ११८ उपप्रमुख तथा २१५ गाउँपालिका मध्ये २१३ मा अध्यक्ष तथा २११ उपाध्यक्षलाई चुनावी मैदानमा उतारेको थियो । त्यसैगरी २ हजार ८७४ वडामा २ हजार ८३३ अध्यक्ष, २ हजार ८०१ महिला सदस्य, २ हजार ७४० दलित महिला सदस्य तथा ५ हजार ६१६ जनालाई खुला सदस्यमा उमेदवार बनाएको थियो ।
जसमध्ये ५८ नगरप्रमुख, ६९ उपप्रमुख ९३ गाउँपालिका अध्यक्ष, १०६ उपाध्यक्ष, १ हजार १९५ वडा अध्यक्षसहित ६ हजार ७०३ उमेदवार विजयी भइसकेका छन् । दोस्रो चरणको अझै केही वडाका अध्यक्ष र सदस्यहरु तथ्यांकमा थपिँदै छन् ।
दोस्रो चरणमा एमालेका ४४ नगरप्रमुख, ३८ उपप्रमुख, ७२ अध्यक्ष, ५८ उपाध्यक्ष, १ हजार १६ वडाअध्यक्षसहति करिब ५ हजार उमेदवारले दोस्रो स्थानमा अर्थात निकटतम प्रतिद्वन्द्वी भएर चित्त बुझाए ।
माओवादीः १४ प्रतिशत उमेदवार पनि विजयी भएनन्
दोस्रो चरणको समग्र नतिजामा करिब १३ प्रतिशतमा चित्त बुझाएको माओवादीले आफूले उमेदवारी अनुसार हेर्दा समेत १४ प्रतिशत नतिजा मै चित्त बुझायो ।
माओवादीले दोस्रो चरणमा निर्वाचित हुने १५ हजार ३८ मध्ये १३ हजार २४ मा मात्रै उमेदवारी दिएको थियो । जसमध्ये १० प्रमुख, १२ उपप्रमुख, २८ गाउँपालिका अध्यक्ष, २६ उपाध्यक्षसहित १ हजार ९१० जनामात्रै निर्वाचित भए ।
त्यसैगरी ९ नगर प्रमुख, १२ उपप्रमुख, २९ वडा अध्यक्षसहति करिब २ हजार उमेदवारले दोस्रो स्थानमै चित्त बुझाए ।
राप्रपाका ०.२१ प्रतिशत उमेदवार मात्रै विजयी
संसदमा ३७ सांसदसहित चौथो दलको हैसियतमा रहेको राप्रपाले १०५ नगरप्रमुख, १०३ उपप्रमुख, १३० गाउँपालिका अध्यक्ष तथा १२१ उपाध्यक्षसहति ६ हजार ३६९ जना उमेदवार बनाएपनि १३६ जनालाई मात्रै विजयी गराउन सफल भयो । राप्रपाका १ उपमहानगरको प्रमुख, ३ गाउँपालिका अध्यक्ष, ३ उपाध्यक्षसहति १३६ जना मात्रै विजयी भए । त्यस्तै १७७ जना उमेदवार दोस्रो रहे ।
संघीय समाजवादी र नेपाल लोकतान्त्रिकको उपस्थिति सन्तोषजनक
विषेशगरी मधेसमा प्रभाव रहेका संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक पार्टीलेले अपेक्षित नतिजा हासिल गर्न नसके पनि सन्तोषजनक नतिजा ल्याए ।
समाजवादी फोरमले ४९ नगरप्रमुख, ४५ उपप्रमुख, ६९ गाउँपालिका अध्यक्ष, ६५ को उपाध्यक्षसहति २ हजार ९४४ उमेदवार बनाएको थियो ।
जसमध्ये ८ गाउँपालिकामा अध्यक्ष, ६ को उपाध्यक्ष र एक नगरपालिकाको उपप्रमुखसहित ३८२ पद आफ्नो पक्षमा पार्न सफल भयो । त्यस्तै २ नगरको प्रमुख, १ को उपप्रमुख, ५ गाउँपालिका अध्यक्ष र ७ उपाध्यक्षसहित १९४ पदमा दोस्रो भयो ।
त्यसैगरी नेपाल लोकतान्त्रिकले ५३ को प्रमुख, ४२ उपप्रमुख, ४४ गाउँपालिकामा अध्यक्ष, ४१ मा उपाध्यक्षसहति २ हजार ५२९ पदमा उमेदवारी दिएकोमा १ नगरप्रमुख, १ उपप्रमुख, ५ गाउँपालिकाको अध्यक्ष र ४ को उपाध्यक्षसहित २८९ उमेदवार विजयी गराउन सफल भयो । त्यसैगरी केही स्थानको प्रमुख र अध्यक्षसहित १४१ पदमा दोस्रो स्थानमा चित्त बुझाएको छ ।
यी बाहेक राष्ट्रिय जनमोर्चाले प्यूठान जिल्लाका २ तहसहित केही पदमा जित हासिल ग¥यो भने अन्य ८ दलले पनि प्रमुख बाहेक केही पदमा जित हासिल गरे ।
स्वतन्त्र ३,२११ उमेदवार, ९० विजयी
आफूले आस्था राखेको दलसँगको असन्तुष्टि तथा कुनै दलको बिल्ला नभिरी स्वतन्त्र उमेदवार बनेका ३ हजार २११ उमेदवारमध्ये २ नगर प्रमुख, १ गाउँपालिका अध्यक्षसहित ९० जना विजयी भए । त्यस्तै, ३ नगरउपप्रमुख २ उपप्रमुख, ८ गाउँपालिकामा अध्यक्ष २ मा उपाध्यक्षसहित ११० जनाले दोस्रो स्थानमा चित्त बुझाए ।



