स्थानीय तहको निर्वाचन हुन्छ की हुदैन भन्ने अन्योलनको भूमिरीको माँझबाट प्रदेश नंं २ बाहेकका ठाँउहरुमा चुनाव भयो । स्थानीय तहको निर्वाचनमा एमालेले सबैभन्दा धेरै स्थानीय तह जितेपछि अहिले अब मधेशमा कसरी एमालेको साइज घटाउने भन्ने बिषयमा अरु दल लागेकाछन् ।
यसमा सबैभन्दा ठूलो आक्रमण एमाले अध्यक्ष तथा पूर्व प्रधानन्त्री केपी शर्मा ओलीलाइ छ । ओली मधेशी बुद्धिजिबिहरुसंग यस बिषयमा छलफल गर्दै जसरी पनि मधेशमा एमाले सिध्याउने र केपी ओलीलाइ असफल बनाउने नियतका साथ बिभिन्न कोणबाट आक्रमण भइरहेको जनाउ दिएका थिए ।
ओलीले राष्ट्रियताको सवालमा लिएको अडान, नाकाबन्दिको समयमा गरेको साहसका कारण लोकप्रीय रहे । उनले छोटो समय सरकार चलाउदाको अवस्थामा जनताका मन जिते । जसका कारणले गर्दा उनिमाथि सबैको दृश्टि पर्यो ।
त्यसैको फलस्वरुप स्थानीय तहको निर्वाचनमा अहिलेसम्मको नतिजामा एमाले एक नम्बरमा रहेको छ । अब प्रदेश नं. २ सबै पार्टीको जुँगाको लडाइ हुने महत्वपूर्ण क्षेत्रको रुपमा रहनेछ ।
ओलीले आफूहरुले ल्याएको नतिजाले चौतर्फी आक्रमणको भएको बताउदै अझ राष्ट्रपतिमाथि शुनियोजित रुपमा भ्रम छर्ने काम भइरहेको बताए । उनले अझै बढि आक्रमणहरु हुनसक्ने भन्दै त्यसबाट नडराउने उनको भनाइ थिए ।
ओलीले मधेशि बुद्धिजिबिहरुका सामु मधेशमा तथा प्रदेश नं. २ मा पनि एमाले पहिलो पार्टी बन्ने ठोकुवा गरे । उनले जति सुकै आक्रमण र भ्रम छरेपनि त्यो एमाले हिड्न थालेपछि आफै निस्तेज बन्ने दाबी गरे ।
एमालेभन्दा पनि अन्य पार्टीका नेताहरुलाइ केपी शर्मा ओलीप्रति डर रहेको छ । उनको बिचार र उनले बोकेको राष्ट्रियताको मुद्धाप्रति डर रहेको छ । ओलीले बाडेको बिकास र सम्बृद्धिको सपनामाथि डरछ । यसर्थ सबैको केन्द्रबिन्दु ओली बनेकाछन् । यस कारण पनि सबैको आक्रमणको शिकार उनै हुने गरेकाछन् ।



