झापाको कमल गाँउपालिका साविक लखनपुर बाल सञ्जालले बिभिन्न रचानत्मक कामहरु गर्दै आएको छ । यसैक्रममा बाल क्लवले दूइ दिने भित्ते पत्रिका आधारभूत तालिम सम्पन्न गरेको छ ।

बाल सञ्जाल लखनपुरका अध्यक्ष यतिश ओझाका अनुसार बिभिन्न बाल क्लवका ३२ जना सहभागि रहेका थिए । तालिममा बिभिन्न क्लवको तर्फबाट सहभागि भएकाहरु भित्ते पत्रिका प्रकाशन गर्न सक्षम भएका थिए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

तालिममा वाडध्यक्षहरुसंग प्रत्यक्ष बालबालिकाहरुले कुराकानी गरेर नै समचार तयार पारेका थिए । दूइ दिनसम्म चलेको तालिममा पत्रकार बिष्णुप्रुसाद पोखरेल र गोपाल झापालीले सहजीकरण गरेका थिए ।