मेषः तपाईको यो साता शुभ छ । चिताएका कामहरु पुरा हुनेछन् । मनका भावना आदानप्रदान गर्ने मित्र भेटिन केही समय कुर्नुपर्नेछ । पारिवारिक मतको अनुमोदनले प्रक्रिया अघि बढाउनुपर्नेछ । रोकिएका कार्य सम्पन्न भई आर्थिक समस्या स्वत समाधान हुनेछ । नयाँ व्यवसायमा लगानी गर्ने प्रस्ताव आइलाग्न सक्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ । मंगलबार र बुधबार भने तुलनात्मक रुपमा कमजोर दिन रहेका छन् ।

वृषः लामो तथा छोटो दूरीको यात्रामा थप खर्चले पिरोल्नेछ । राजनीतिक परिवर्तनकारी भूमिकामा नेतृत्व गर्नुपर्ने जिम्मेवारी आइलाग्नेछ । पारिवारिक सुख–सुविधाका निम्ति विलासिताका सामग्री खरिद गर्न खर्च गर्नुपर्ने हुन्छ । धनागमनमा रहेका चुनौतीहरू यथास्थितिमै रहनेछन् । स्वास्थ्यप्रति हेक्का राख्नुहोला । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ ।

मिथुनः बोलीको प्रभावले बिग्रन लागेको सम्बन्धलाई मल्हम लगाउन सहयोग गर्नेछ । प्रशंसा गर्नेहरूले भित्रभित्रै आलोचना गर्न सक्छन्, होसियारी हुनुमा नै आफ्नो कल्याण हुनेछ । हरियो रंगको प्रभावले सहजता महसुस गराउनेछ । यो साता इष्टमित्रको मांगलिक कार्यमा सहभागी भइनेछ ।

कर्कटः कला तथा साहित्यद्वारा अरूलाई प्रभाव पार्न सकिनेछ । हठ गर्ने बानीले पारिवारिक मनमुटाव देखा पर्न सक्छ । ढिलै भए पनि सही मार्ग पहिल्याइनेछ । खरानी रंगको सवारी साधन खरिद गर्न आकर्षित भइनेछ । पश्चिमतर्फको यात्रा फलदायी सावित हुनेछ ।

सिंहः बलपूर्वकले गरेका कार्यमा विवाद आइलाग्ला । अभिभावकको रुचिको ख्याल गर्दा आर्थिक नोक्सानी आइलाग्नेछैन । सहपाठीको सुझावमुताविक विदेश अध्ययनको मौका जुर्न सक्छ । कार्य सम्पन्न गर्न ढिलाइ नगर्नुहोला । यो साता पूर्वतर्फको यात्रा फलदायी सावित हुनेछ ।

कन्याः मेहनतले जीवनशैलीमा परिर्वतन ल्याउन सक्छ । सहयोगीहरूले समस्या समाधानको बाटो देखाइदिँदा गुमिसकेको स्थान पुनस् प्राप्त हुन सक्छ । अध्ययनका लागि विदेश जाने प्रक्रिया अघि बढ्नेछ । शंकास्पद व्यवहारले प्रेमिका चिढिन सक्छिन् । नीलो रंगको पहिरनले उन्नतिको मार्ग पहिल्याउन सहज हुनेछ ।

तुलाः साथीभाइसँग मनोरञ्जन गर्दा दैनिक कार्यहरू ओझेलमा पर्न सक्छन् । मन मिल्नेहरूले मुख्य समस्याको गाँठो फुकाउन सहयोग गर्नेछन् । खानपान तथा विलासितातर्फ संयम रहनु नै बेस होला । वनभोजमा घुम्न जाने मित्रहरूको प्रस्ताव स्विकार्दा अविस्मरणीय क्षण बन्नेछ । साताको अन्त्यमा आर्थिक भार महसुस हुन गई सापटीको चपेटामा पर्न सकिन्छ ।

वृश्चिकस् आफूभित्र उत्पन्न हुने चञ्चलताप्रति संयमित रहनुहोला । सुनौलो रंग तथा तरल पदार्थको कारोबार फाप्ने देखिन्छ । मन मिल्नेबीच ठा क(ठु क पर्न सक्छ, कम बोल्दा आफ्नो हितमा हुनेछ । साथीभाइको सुझावमुताविक व्यवसाय परिवर्तन गर्ने संयोग परेको छ ।

धनुः प्रेमी–प्रेमिकाहरूको भावना सकारात्मक ऊर्जामा परिणत हुनेछ । बेरोजगार हुनुहुन्छ भने रोजगारी प्राप्त हुने सम्भावना छ । सम्झनलायक कार्य सम्पन्न गर्दा ठूलाबडाको सहयोग तथा आशीर्वादको आवश्यकता पर्नेछ । यो साता इष्टमित्रहरूबाट टाढै रहँदा लाभ हुने देखिन्छ ।

मकरः जीवनचर्या परिवर्तन गर्दा सफलताको मार्ग सहज हुने देखिन्छ । मन मिल्ने साथीले दिएको सुझाव मनन गरी चल्न सके आफूलाई प्रशस्त फाइदा हुनेछ । घरायसी व्यवहारमा समय नदिँदा पारिवारिक गुनासो बढ्नेछ । रोजगारीका निम्ति वैदेशिक यात्रा नजिकिँदो छ।

कुम्भः सेतो पहिरनमा प्रस्तुत हुन सके अरूको नजर आफूमाथि पर्नेछ । पारिवारिक सल्लाहमा अन्योल देखा पर्दा तपाईंको ठोस प्रस्ताव नै निर्णायक हुनेछ । खानपान फेरबदल भई शारीरिक दुर्बलता देखा पर्न सक्छ, योग अभ्यास तथा तातोपानी बढी पिउनाले प्रायस् समस्याबाट मुक्ति मिल्नेछ ।

मीनः धार्मिक यात्राले नयाँ स्थानहरूको मनोरञ्जन दिलाउनेछ । स्वास्थ्यमा सामान्य गडबडी देखा पर्न सक्छ, विचार पुर्‍याउनुहोला । मंगलबार तथा बिहीबार महत्त्वपूर्ण कार्य सम्पन्न हुनेछन् । विदेशी साथीहरूले नयाँ व्यवसाय सञ्चालन गर्ने प्रस्ताव राख्नेछन्, निर्णय गर्न ढिलो नगर्नुहोला । भोज–भतेर तथा खानपानमा सहभागी हुँदा समयको ख्याल गर्नुहोला ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय