अमेरिकाको मेरील्यान्डमा एक व्यक्तिले घरमा आएका सर्पहरूलाई भगाउनका लागि आगो लगाउँदा घरै जलाएका छन् ।

लगभग ११ लाख डलर बराबरको घर अहिले ध्वस्त भएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले कोइलामा आगो लगाएर धूवाँ निकाल्दै सर्पहरूलाई बाहिर ल्याउन खोजेका थिए । तर कोइला बलेर प्रज्वलनशील पदार्थमा छोइएपछि भयंकर आगो लागेको थियो । घटना गत नोभेम्बर २३ मा भएको हो ।

आगो बेलुका १० बजेतिर लाग्न शुरू भएको थियो । घरको बेसमेन्टमा लागेको आगो अन्यत्र फैलिएको थियो ।

लगभग ७५ अग्निनियन्त्रकहरू घटनास्थलमा पुग्दा त्यो ध्वस्त हुन लागेको थियो ।

घरमा पानीका स्रोतहरू नभएकाले अग्निनियन्त्रकहरूलाई चाँडो आगो निभाउन गाह्रो परेको थियो ।