नेपाली कांग्रेस प्रदेश १ को प्रदेश अधिवेशनको मतगणना सुरु भएको छ।
विराटनगरस्थित पार्टी कार्यालयमा आइतबार दिउँसो १ बजेबाट मतगणना सुरु भएको प्रदेश निर्वाचन समितिका प्रमुख भरत थापाले जानकारी दिए।
बिहान ८ बजेबाट मतगणना गर्ने भनिए पनि आचारसंहिता र उम्मेदवार प्रतिनिधि गणनास्थल नपुगेपछि ढिलो गरी सुरु भएको हो। मत गणनाको अन्तिम नतिजा राति अबेरसम्म आइपुग्ने उनले जानकारी दिए।
शनिबार सम्पन्न निर्वाचनमा कुल १ हजार ८ सय ४ जना प्रतिनिधिमध्ये १ हजार ७ सय ५२ मत खसेको थापाले जानकारी दिए।
प्रदेशको सभापतिका लागि डा. शेखर कोइराला पक्षबाट गुरुराज घिमिरे र कृष्ण सिटौला पक्षबाट उद्धव थापा मैदानमा रहेका छन्।










