विश्वभर कोरोनाको ओमिक्रोन भेरियन्टको खतरा बढ्दो छ । भारतको दिल्लीमा पनि ओमिक्रोन भेरियन्टबाट संक्रमित भेटिएका छन् ।

योसँगै भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या पाँच पुगेको छ । संक्रमित महिला तान्जानियाबाट फर्किएकी बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

यस विषयमा जानकारी दिँदै दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनले भनेका छन संक्रमितलाई हाल दिल्लीको एलएनजेपी अस्पतालमा भर्ना गरिएको छ। उनी तान्जानियाबाट फर्किएकी थिइन् । विदेशबाट फर्किएका १७ जनामा ​​कोरोना संक्रमण भेटिएको र अस्पतालमै राखिएको उनले बताए । उनले चाँडोभन्दा चाँडो अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आग्रह गरेका छन् ।

यसअघि भारतमा चार जनामा ​​कोरोना संक्रमण देखिएको थियो । दुई जना कर्नाटकबाट र अर्का दुई जना मध्यै एकजना गुजरातको जामनगर र महाराष्ट्रको कल्याणमा भेटिएका थिए ।