जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा एक महिलाले आत्महत्याको प्रयास गरेकी छन्।

जिल्लाको जयपृथ्वी नगरपालिका–३ बाट २८ किलो चरेशसहित पक्राउ परेकी ३४ वर्षीया कल्पना रोकायाले आइतबार जिल्ला प्रहरी कार्यालय बझाङको हिरासतमा आत्महत्या गर्ने प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले बताए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उनले भने, ‘अनुसन्धानका लागि हिरासतमा राखेका थियौँ। आज बिहान ११ बजेतिर हिरासतको शौचालयमा हाते रुमालको प्रयोग गरी आत्महत्या प्रयास गरेको थाहा भयो।’

रोकाया मंसिर १४ गते डुङ्ग्री बजारमा रहेको आफ्नै किराना पसलबाट चरेशसहित पक्राउ परेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेकी थिइन्।

रोकायालाई उपचारकाा लागि जिल्ला अस्पताल सिमखेतमा पठाएको र आधा घण्टापछि होस आएको समेत चौधरीले बताए।