काठमाडौंको रातोपुल नजिकै धोबीखोलामा एक पुरुषको शव फेला परेको छ ।

आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ । शवको पहिचान खुल्न बाँकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।