सामाजिक सञ्जालको व्यापक प्रयोग बढेसँगै प्रयोगकर्ताको सुरक्षाको विषय गम्भीर बन्दै गइरहेको छ । सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सामाजिक सञ्जाल कम्पनीहरूले विविध फिचरहरू ल्याउने गरेका छन् ।प्रयोगकर्ताको गोपनीयतालाई सुरक्षित राख्ने लक्ष्यसहित फेसबुकले ‘प्रोफाइल लक’ गर्ने व्यवस्था गरेको छ । प्रोफाइल लक गरेपछि फेसबुकमा साथी नभएका व्यक्तिहरूले कुनैपनि गतिविधि हेर्न मिल्दैन । यसले गर्दा व्यक्तिको गोपनीयता सुरक्षित रहन्छ ।

नेपालमा भने प्रोफाइल लक फिचर उपलब्ध छैन । यसका लागि कतिपय प्रयाेगकर्ताले भीपीएन/प्राेक्सी प्रयाेग गरी याे फिचर उपलब्ध देशकाे नामबाट प्राेफाइल लक गर्ने गरेकाे पाइन्छ ।फेसबुक प्रोफाइल लक गरेसँगै तपाईंको प्रोफाइल तथा कभर फोटो जुम गरेर हेर्न मिल्दैन । साथै प्रयोगकर्ताको पाँचभन्दा बढी सूचना जान्न सक्दैनन् ।फेसबुकका प्रयोगकर्ताहरूले आफूलाई सुरक्षित रुपमा प्रस्तुत गर्न सकुन् र विशेषगरी सुरक्षाको विषयलाई खासै ध्यान नदिने महिला प्रयोगकर्ताको सुरक्षालाई मध्यनजर गरी फेसबुक प्रोफाइल लक गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हाे ।त्यसैगरी फेसबुकले अफगानिस्तानमा तालिवानको आक्रमणबाट बचाउनका लागि प्रोफाइल लक गराउने व्यवस्था ल्याएको थियो । भारत, फिलिपिन्स, इन्डोनेसिया, पाकिस्तान, यूएई, फिलिपिन्स, बंगलादेश, मेक्सिको, क्यानडा, अमेरिका लगायतका देशमा यो फिचर उपलब्ध छ ।