नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालले प्रदेश महाधिवेशनमा मतदान नगरेकोमा माफी मागेको छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत कोइरालाले भोट नहालेर आफूले कमजोरी प्रस्तुत् गरेको भन्दै माफी मागेका हुन् ।
उनले शनिबार भएको प्रदेश–१ को महाधिवेशनमा भोट हालेका थिएनन् । उनीसहित केन्द्रीय सदस्य बलबहादुर केसी, सुजाता कोइराला र महेश आचार्यले भोट हालेका थिएनन् ।










