सर्वोच्च अदालतले न्याय दिने आशमा बसेका डीआइजी नवराज सिलवालले आफूमाथि अन्याय भएको बताएका छन् ।

प्रहरी महानिरीक्षकको दाबेदार रहेका सिलवाल शनिबार सरकारले गरेको एआइजीको सिफारिसमा पनि छुटेका छन् । जबकी उनीभन्दा जुनियरहरुको पनि नाम सिफारिस गरेको छ ।सिलवाललाई बढुवा नगर्नुको कारण बारे भने प्रहरी प्रधान कार्यालयले केही बोलेको छैन् ।

सिलवालले आफूलाई डीआइजीबाटै घर पठाउने षडयन्त्र भइरहेको बताए । सिलवालले भने – ‘ममाथि अन्याय भएको छ । मेरो मुद्दा बिचाराधीन भइरहेको बेला एआइजी बढुवा गर्नु घोर अन्याय हो । कतिपय मलाई सिध्याउने गरी लागेका छन् ।’

यसअघि डीआइजी बढुवामा आफ्नो ब्याचमा एक नम्बरमा रहेका सिलवाल अहिले पनि संघर्षमा छन् । तर, उनको ब्याचको दोस्रो नम्बरका डीआइजी प्रकाश अर्याल महानिरीक्षक बनिसके । चौंथो नम्बरमा रहेका बमबहादुर भण्डारी जयबहादुर चन्दलाई उछिन्दै एक नम्बर एआइजी बनेका छन् । चन्द दोस्रो नम्बरमा छन् ।

आइजी नभए सिलवाल आगामी पुस ४ गते डीआइजीबाटै घर जानेछन् । सर्वोच्चमा रहेको मुद्दा पनि बिचाराधिन छ । ‘मलाई अनावश्यक तनाब दिने काममात्र भएको छ । अन्यायको पराकाष्ठा नाघिसकेको छ ।’- डीआइजी सिलवालले दैनिक नेपालसँग भने ।दैनिक नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah