बिष्णुप्रसाद पोखरेल
दमक/ झापाको दमकमा बनाइएका ढलहरुमा प्लाष्टिकका बोतल तथा फूटेका सिसाहरुको बोतलहरु फ्याक्ने कार्य बढ्दै गएपछि पानी तथा फोहोरले निकास नपाउदा सानोसानो पानी पर्दा पनि दमकका प्रमुख सडकहरु जलमग्न हुने गरेको पाईएको छ । बनाउदै गरिएका ढल र बनाइसकिएका ढलहरुमा यसतो समस्या भएको पाइएको हो ।

नगरपालिकाले ढल सफाइ अभियान शुरु गरेर अधिकाँश ढलहरु सफाइ गरेपनि फेरी उहि अवस्था आएको पाईएको हो । फोहोर पानी बग्नु पर्ने र फोहोर बगाउनु पर्ने ढलमा बिभिन्न सामाग्रिहरु हालेर अवरोध गर्दा समस्या उत्पन्न हुने गरेको छ ।

ढलमा सेफ्टी ट्याङ्की मिसाउने कार्य भने केहि हदसम्म निरुत्साहित भएको बताउदै अहिले बिभिन्न प्लाष्टिकजन्य बोतल, सिसाको बोतल र निर्माण सामाग्रि थुपार्दा ढल पुरीने गरेको पाइएको छ ।

बर्षादको समयमा सानो पानी आउदा पनि ढलबाट पानी बग्न नसक्दा बजार तथा मुख्य चौकहरु नै ढलमग्न हुने अवस्था देखिएको नगरपालिकाका एक कर्मचारी बताउछन् ।

स्थानीय उपभोक्ता र नगरपालिकाले साझेदारीमा करोडौको लागतमा बनाइएका ढल तथा पीचको दुरुपयोग रोक्न आफै उपभोक्ता सचेत हुनु पर्नेमा त्यो नभएको पाईएको नगरपालिकाको भनाइ रहेको छ ।

घर बनाउदा निर्माण सामाग्रि महिनौसम्म पीचनमा छाडिदिने, ढलमा परेको निर्माण सामाग्रिलाइ सफा नगर्ने जस्ता कार्यका कारण दमक जलमग्न हुने गरेको बताईएको छ ।

दमक नगरपालिकाले बारम्बार रुपमा निर्माण सामाग्रि जथाभाबी रुपमा सडकमा नराख्न, ढललाइ अवरोध हुने काम नगर्नका लागि नगरबासीलाइ आग्रह गरेपनि यो कार्य कहिल्यै रोकिन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah